१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

राष्ट्रिय स्वतन्त्र पार्टीले साउन र भदौमा सातै प्रदेशमा प्रशिक्षण सक्ने, कहिले कहाँ ?

११ श्रावण २०८०, बिहीबार १६:३२

साउन ११, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले साउन र भदौलाई कार्यकर्ता प्रशिक्षणको महिना बनाएको छ । कोशी, गण्डकी, लुम्बिनी र सुदूर पश्चिम प्रदेशको प्रशिक्षण साउनमा गरिने भएको छ । बाँकी तिन प्रदेशमा भदौमा गरिने भएको छ ।

रास्वपाले कोशी र लुम्बिनीको प्रशिक्षण सकिसकेको छ । गण्डकी प्रदेशको प्रशिक्षण साउन २६ र २७ पोखरामा हुने तय भएको छ भने सुदूरपश्चिमको प्रशिक्षण धनगढीमा साउन १९ र २० का लागि तोकिएको छ ।

शुक्रबार र शनिबार ( साउन १२ र १३) हेटौडामा गर्ने भनिएको प्रशिक्षणको मिति स्थगित गरिएको छ । बागमती सहित मधेस र कर्णालीको प्रशिक्षण भदौमा गरिने गरि पुन मिति तय हुने प्रशिक्षण विभागका सचिव कमल सुवेदीले जानकारी दिए ।

पहिले निर्धारित समय अनुसार भदौ १ र २ मधेस र  भदौ ८ र ९ कर्णालीको प्रशिक्षण गर्ने तय भएको थियो । तिन प्रदेशको प्रशिक्षण भदौमा गर्ने गरि अर्को मिति सार्वजनिक गरिने सुवेदीले जानकारी दिए ।

प्रशिक्षणमा सहभागी हुनेहरुमा प्रदेश कमिटीका सदस्य, निर्वाचन क्षेत्र समिति, पालिकाका पार्टी अध्यक्ष, सम्बन्धित क्षेत्रको सांसद, केन्द्रीय सदस्य लगायत सहभागी हुनेछन् ।

प्रशिक्षण विभागले आयोजना गरेको कार्यक्रमा सभापति रवि लामिछाने सहित शीर्ष नेताले प्रशिक्षण दिनेछन् । प्रशिक्षकको टोलीमा ११ जना रहेको प्रशिक्षण विभागका सचिव सुवेदीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी