Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २३ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

चिनियाँ र भारतीय मध्यस्थकर्ता मात्र

२०८०, १२ श्रावण शुक्रबार ०७:०७

साउन १२, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको करिब १ सय किलो सुन कारोबारमा संलग्न आरोपमा दुईजना विदेशी राजस्व अनुसन्धान विभागको हिरासतमा छन् । उनीहरु हुन्, चिनियाँ नागरिक जिक्वाङ लिन र तिब्बत मुलका भारतीय नागरिक थाप्तेन छिरिङ ।

साउन ३ मा मध्यराति सशस्त्र प्रहरीका डिएसपी प्र्रदिप राई नेतृत्वको टोलीले थाप्तेनलाई पक्राउ गरेको थियो । पुरानो दिल्ली घर भएका ५३ वर्षीय छिरिङ काठमाडौँको पानी पोखरीमा बस्छन् । कम्फर्ट हाउजिङस्थित उनी बस्दै आएको फ्ल्याटमा राजस्वले छापा मारेको छ । फ्ल्याटबाट विभागको टोलीले कागजात बरामद गरेको छ ।

विमानस्थलबाट सुन बरामद गरेको भोलिपल्ट (४ साउनमा) चीनतर्फ भाग्न लागेका थिए, जिक्वाङ लिन । नेपाल प्रहरीसँग समन्वय गरेर राजस्व अनुसन्धानको टोलीले दरबारमार्ग स्थित उत्तर ढोकाबाट पछ्याएर उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । चिनियाँ र भारतीय नागरिक सुन तस्करीमा ‘मध्यस्थकर्ता’ मात्रै भएको राजस्व विभागको प्रारम्भिक अनुसन्धानको निष्कर्ष छ । ‘सुनमा उनीहरु लगानीकर्ता होइनन्’ अनुसन्धानमा संलग्न एकजना अधिकृतले भने– ‘जिक्वाङ र थाप्तेन दुवैजना मध्यस्तकर्ता मात्रै हुन् ।’

सुनको लगानीकर्ता मध्येका व्यापारी राकेशकुमार अडुकिया भएको विभागका अधिकारीहरुको आशंका छ । साउन १० मा विभागको टोलीले कमलपोखरीस्थित अडुकियाको घरमा खानतलासी गरेको थियो । अडुकियाले पछिल्लो समय हङकङ, भारत र दुबईको भ्रमण गरेको भेटिएको छ । नेपालमा व्यापार व्यवसाय गर्दै आएका अडुकिया फरार छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ