२०८२, ४ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

विश्वकप क्रिकेटको खेल तालिका परिवर्तन हुने

२०८०, १२ श्रावण शुक्रबार ०७:४७

साउन १२, काठमाडौँ | भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का सचिव जय शाहले आगामी एकदिवसीय विश्वकपको खेल तालिकामा केही परिवर्तन गरिने बताएका छन् । आईसीसी एकदिवसीय विश्वकप आगामी अक्टोबर ५ देखि नोभेम्बर १९ तारिखसम्म भारतमा आयोजना हुँदैछ । 

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) का तीनवटा पूणर्कालीन सदस्यले लिखित रुपमै आग्रह गरेपछि विश्वकपको खेल तालिकामा सामान्य परिवर्तन गरिने शाहले बताए । उनले विश्वकपको खेल तालिकामा परिवर्तनको माग गर्ने राष्ट्रको नाम भने बताएनन् । 

बीसीसीआईले यस विषयमा आईसीसीसँग छलफल गर्ने भएको छ । केही खेलको मिति र समयमा परिवर्तन भए पनि भेन्यू (खेल स्थल) मा कुनै परिवर्तन नहुने पनि शाहले जनाएका छन् । ‘अहिलेको खेल तालिका हेर्दा कतिपय टोलीको दुई खेलको बीचमा लामो समयको अन्तर देखिन्छ । सम्भवतः त्यसलाई कम गरिने छ,’ बीसीसीआईका सचिव शाहले भनेका छन् । 

बीसीसीआईले बिहीबार आगामी विश्वकपका खेल खेलाउने राज्यका क्रिकेट संघहरुसँग छलफल गरेको थियो । ‘विश्वकपमा सहभागी हुने तीनवटा राष्ट्रले खेल तालिका सामान्य परिमार्जन गरिनु पर्ने माग राखेका छन् । सोही अनुरुप केही खेलको मिति र समय परिवर्तन हुने सम्भावना छ,’ शाहले भने । 

यदि दुईवटा खेलको बीचमा ६ दिनको अन्तर छ भने त्यसलाई घटाएर चार वा पाँच दिनमा मmारिने जानकारी शाहले दिए । उनले आगामी तीन वा चार दिनभित्र यसको अन्तिम टुङ्गो लाग्ने पनि बताएका छन् । 

विश्वकममा अक्टोबर १५ तारिखमा हुने भनिएको दुई चिर प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीचको खेलको मिति समेत परिवर्तन गरिनुपर्ने प्रस्ताव आएको बताइएको छ । भारत र पाकिस्तानबीचको खेल १५ तारिखमा अहमादाबादमा खेलाइने भएको छ । तर, त्यो दिन हिन्दुहरुको विशेष पर्व नवरात्री सुरु हुने भएकाले उक्त खेलको मिति परिवर्तन गर्दा उचित हुने प्रस्ताव गरिएको हो । 

नवरात्रीको सुरु हुने दिन अहमादावादमा ठूलो उत्सव हुने भएकाले सुरक्षा ब्यवस्थालाई ध्यानमा राखी उक्त खेलको मिति परिवर्तन गरिनुपर्ने सुझाव प्राप्त भएको समाचारमा जनाइएको छ । स्थानीय सुरक्षा अधिकारीहरु पनि उक्त खेलको मिति परिवर्तन गरिनुपर्ने पक्षमा देखिएका छन् । 

त्यसैले भारत र पाकिस्तानबीचको खेल एक दिन पहिले अक्टोबर १४ तारिखमै खेलाइने गरी छलफल अगाडि बढाइएको छ । तर, अहिलेको खेल तालिका अनुसार, १४ तारिखमा तीनवटा खेल राखिएको छ । १४ तारिखमा बंगलादेश र न्युजिल्यान्ड तथा अफगानिस्तान र इङ्ल्यान्डबीच खेल हुनेछ । त्यसअघि १३ तारिखमा खेलाइने अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको खेल पनि दिवा—रात्री छ । 

यस विषयमा पनि सचिव शाहसँग सञ्चारकर्मीले प्रश्न सोधेका थिए । त्यसको जवाफमा शाहले भनेका छन्, ‘तीनवटा सदस्य राष्ट्रले मात्र मिति र समय परिवर्तनका लागि आईसीसीसँग लिखित आग्रह गरेको छन् । त्यस्तो अरु कुनै प्रस्ताव प्राप्त भएको छैन । भारत र पाकिस्तानबीचको खेलमा पनि कुनै सुरक्षा चुनौति छैन ।’

गत महिना आईसीसी र बीसीसीआईले संयुक्त रुपमा आगामी एकदिवसीय विश्वकपको खेल तालिका सार्वजनिक गरेका थिए । आगामी विश्वकपको उद्घाटन खेल अक्टोबर ५ तारिखमा अहमादाबादमा इङ्ल्यान्ड र न्युजिल्यान्डबीच खेलिने छ । विश्वकप अवधिभरमा भारतका १० वटा रंगशालामा कूल ४८ खेल खेलिने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने