२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

परराष्ट्रमन्त्री साउदको निर्वाचन खर्च साढे २१ लाख ५९ हजार

२०८०, १२ श्रावण शुक्रबार ०९:२५

साउन १२, काठमाडौँ | परराष्ट्रमन्त्री एनपी साउदले गत वर्ष भएको प्रतिनिधिसभा निर्वाचनमा प्रचारप्रसारका क्रममा २१ लाख ५९ हजार ४२८ रुपैयाँ खर्च भएको हिसाब सार्वजनिक गरेका छन् । 

निर्धारित समयमा निर्वाचन खर्च सार्वजनिक नगर्दा निर्वाचन आयोगको कारबाहीमा परेपछि उनले शुक्रबार आफ्नो निर्वाचन खर्चको विवरण सार्वजनिक गरेका हुन् । 

“मैले निर्वाचन आयोगमा २०७९ मंसिर २५ मा आफ्नो खर्च विवरण बुझाइसकेको थिएँ । बुझाएको विवरण सार्वजनिक गरेर आयोगलाई समेत त्यससम्बन्धी जानकारी गराउनुपर्ने रहेछ । यस अघि निर्वाचन कार्यालय कञ्चनपुरमा बुझाइसकेको निर्वाचन खर्च विवरण सामाजिक सञ्जाल, कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा पर्ने कृष्णपुर नगरपालिका कार्यालयको सूचना पाटी, जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरको सूचना पाटीसँगै सामाजिक सञ्जालमार्फत पुनः सार्वजनिक गरेको छु,” उनले शुक्रबार ट्विटरमा लेखेका छन् । 

निर्धारित समयमा निर्वाचन खर्च सार्वजनिक नगरेको भन्दै निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उमेदवारी दिने दुई हजार ४०० भन्दाबढीलाई यसैसाता कारबाही स्वरुप जनही १५ हजार रुपैयाँ जरिबाना गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण