2026-09-21 08:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

पपुवा न्यु गिनी टी-२० विश्वकपमा छनोट

साउन १२, काठमाडौँ | पपुवा न्यु गिनी (पीएनजी) अर्को वर्ष वेष्ट इन्डिज र अमेरिकामा हुने आईसीसी टी-२० विश्वकपमा छनोट भएको छ ।

इस्ट एसिया प्यासिफिक रिजनको अन्तिम चरणको छनोट अन्तर्गत शुक्रबार फिलिपिन्सलाई १०० रनले पराजित पीएनजीले टी-२० विश्वकपमा स्थान पक्का गरेको छ ।

घरेलु मैदान अमिनी पार्का भएको खेलमा पहिले ब्याटिङ गरेको पीएनजीले टोनी उरा, असद भाला र चार्ल्स अमिनीको अर्धशतकमा ६ विकेट गुमाएर २२९ रन बनाएको थियो ।

उराले सर्वाधिक ६१ रन बनाउँदा भालाले ५९ र अमिनीले ५३ रन बनाए ।

२३० रनको लक्ष्य पछ्याएको फिलिपिन्स २० ओभरमा ७ विकेट गुमाएर १२९ रन मात्र बनाउन सक्यो ।

तीन टोली सम्मिलित इस्ट एसिया प्यासिफिक छनोटमा ५ खेलबाट १० अंक जोडेर पीएनजी शीर्ष स्थानमा छ । सहभागी टिमले हरेक टिमसँग दुई खेल खेल्नेछ । दोस्रो स्थानको जापानको ५ खेलबाट ६ अंक छ । पीएनजीले अब अन्तिम खेल जापानसँग खेल्न बाँकी छ ।

पीएनजीले अन्तिम खेल हारे पनि विजेता बन्ने पक्का भइसकेकोले एक खेल अगावै विश्वकपमा छनोट भएको हो ।

२०२४ मा हुने टी-२० विश्वकपमा कूल २० टोलीले प्रतिस्पर्धा गर्नेछन् । जसमा सहभागी टोलीलाई ५ टिम रहेको चार समूहमा विभाजन गरिनेछ ।

वेष्ट इन्डिज र अमेरिका आयोजकको रुपमा सिधै छनोट हुँदा गत वर्षको टी-२० विश्वकपमा उत्कृष्ट ८ मा रहेका इंग्ल्याण्ड, पाकिस्तान, अष्ट्रेलिया, भारत, न्युजिल्याण्ड, दक्षिण अफ्रिका, श्रीलंका र नेदरल्याण्ड्स पनि सिधै छनोट भएका छन् ।

यस्तै २०२२ नोभेम्बरको टी-२० वरीयतामा माथि रहेका अफगानिस्तान र बंगलादेश पनि सिधै छनोट भइसकेका छन् ।

बाँकी ८ स्थानका लागि टी-२० विश्वकपमा युरोप, एसिया र अफ्रिकाबाट २-२ तथा अमेरिका र इस्ट एसिया प्यासिफिक क्षेत्रबाट १-१ टिम छनोट हुने प्रावधान छ ।

एसिया क्षेत्रको अन्तिम चरणको छनोट आगामी नोभेम्बर पहिलो साता नेपालमा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो