2026-09-21 08:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

क्रिस गेलको टोलीविरुद्ध खेल्दै सन्दीप

एजेन्सी | नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले ग्लोबल टि २० क्यानडामा आज राती सर्रे जागुअर्सबाट मिसिसौगा प्यान्थर्ससँग खेल्दैछ । खेल आज मध्य राती १ : १५ मा मा सुरु हुनेछ ।

प्यान्थर्सको कप्तानी शोएब मलिक र जागुअर्सको इफ्तिखर अहमदले गर्नेछन् । नेपाली स्पिनर सन्दीप राम्रो लयमा छन् । सन्दीपले ३ खेलमा ४ विकेट लिएका छन् । सर्रे ३ खेलमा १ मा जित र १ मा हारसहित ३ अंकका साथ चौथो स्थानमा छ । प्यान्थर्स सुरुवाती चारै खेलमा पराजित भएको छ ।

मिसिसौगा प्यान्थर्समा शोएब मलिब, आजम खान, क्रिस गेल र जेम्श निसम जस्ता खेलाडी छन् । गेलले यस सिजनमा १०, ६१, १ र ४ रन बनाएका छन् । उनीबाट टोली उत्कृष्ट प्रदर्शन चाहन्छ । उता सन्दीपको टोलीमा इफ्तिखर अहमद, बेन कटिङ, एलेक्स हेल्स, लिटन दास र मोहम्मद हरिस जस्ता ब्याटर छन् ।

उता दीपेन्द्रसिंह ऐरी सम्मिलित मोन्टरिएल टाइगर्सले टोरान्टो नेशनलसँग शनिबार साँझ प्रतिस्पर्धा गर्नेछ । टाइगर्स ४ खेलमा ३ मा जित र १ मा हारसहित दोस्रो स्थानमा छ । दीपेन्द्रले तीन खेलमा २८, २२ र २८ रन बनाउनुको साथै एक विकेट लिएका छन् ।

दीपेन्द्रले सर्रे र ब्राम्पटन वल्भसविरुद्ध टोलीकै सर्वाधिक समान २८ रन बनाएका थिए । ब्राम्पटन ४ खेलमा ७ अंकका साथ शीर्षस्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो