१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रियालिटी शो ‘महागफाडी’ निर्माण घोषणा

१४ श्रावण २०८०, आईतवार ११:३१

 साउन १४, काठमाडौँ | रियालिटी शो ‘महागफाडी’ निर्माण घोषणा गरिएको छ । टाढापोटी फिल्मस् प्रालिले आइतबार राजधानमिा एक कार्यक्रमकाबीच शो को घोषणा गरेको हो ।

बोल्न जान्ने र बोलेरै जीवनमा केही गर्छु भन्नेहरुका लागि एउटा गलिलो प्लेटफर्म उपलब्ध गराउने उद्देश्य ‘शो’ को छ ।

शोका निर्देशक नरेशनाथ योगी हुन् । टेलिभिजन रियालिटी शोको रुपमा तयार हुने शोमा विश्वका जुनै कुनामा छरिएर रहेका नेपालीभाषी नेपाली नागरिकले सहभागिता जनाउन सक्नेछन् । सहभागीले अडिसन आफ्नो मातृभाषामा पनि दिन पाउनेछन् ।

कार्यक्रममा सहभागीले आफ्ना ज्ञान, गफप्रतिको ध्यान र गफको विज्ञान मार्फत आफूलाई महागफाडीको दाबेदारको रुपमा प्रस्तुत गर्नेछन् ।


सहभागीका लागि आयोजकले अनलाइन अडिशन खुल्ला गरेको छ । अडिशनमा छनोट भएका सर्वोत्कृष्ट १८ जनाबाट मुख्य उपाधिका लागि प्रतिस्पर्धा हुने आयोजकले बताएको छ ।

वरिष्ठ हास्य कलाकार शैलेन्द्र सिंखडा, बुद्धि तामाङ र अभिनेत्री लुनिभा तुलाधर शोको निर्णयमा रहेका छन् भने कार्यक्रमको होष्ट कलाकार कामेश्वर चौरसियाले गर्नेछन् ।

शोका विजेताले नगद रु. १५ लाख र सवारी साधन, द्वितीय हुनेले नगद रु. १० लाख र सवारी साधन तथा तृतीय हुनेले नगद रु. ५ लाख र सवारी साधन उपहारको रुपमा प्राप्त गर्ने आयोजक पक्षले जानकारी दियो । त्यसैगरि चौथो र पाँचौं स्थान हासिल गर्नेले पनि आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्ने आयोगको धारणा छ । 

फाइनल अष्ट्रेलियामा हुने कार्यक्रममा टेलिभिजनमा भने १६ हप्तासम्म चल्ने छ । कार्यक्रम अवधिभर प्रतियोगीहरुले कुनै भाषा, लैंगिक, समुदाय, जातजाती, धर्म सम्प्रदायलाई प्रत्यक्ष नकारात्मक असर पर्ने प्रस्तुति भने राख्न पाउने छैनन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी