२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

विप्लव समूहका नेताले नामको पछाडि किन राखे ‘सी’ ? नागरिकतामा पनि थर फेर्न सरकारसँग लबिङ

२०८०, १४ श्रावण आईतवार १२:०६

साउन १४,  काठमाडौँ | नेत्रविक्रम चन्द ‘विप्लव’ले नेतृत्वको नेकपा नेताले नेताहरुको नामको पछाडि ‘सी’ राख्ने अभ्यास गरिरहेका छन् । असोजमा भएको कपिलवस्तुको शिवगढीमा गत असोज भएको नवौं महाधिवेशनपछि नेकपाका सबै नेताहरुले नामको पछाडि थरको सट्टा सी राख्न थालेका हुन् ।

जातको कारणले मानिसहरु विभाजित भएकाले त्यो प्रवृत्तिको अन्त्यको लागि आफूहरुले नामको पछाडि सी राख्न थालेको नेकपा नेता अनिल शर्माले बताए। महाधिवेशनमा महासचिवले राखेको प्रस्ताव अनुमोदन भएपछि अहिले कार्यान्वयनमा ल्याइएको उनको भनाइ छ ।

उनले भने, ‘सीको अर्थ कम्युनिष्ट भनिएको हो। धर्म राजनीति, आर्थिक सांस्कृतिक स्वार्थ अनेक किसिमले मान्छेलाई जातमा विभाजित गरियो। त्यसैले हामी मान्छे सबै एउटै हौं। विभाजित मनोविज्ञानमा कुनै पनि चिज राख्नुहुन्न भन्ने हाम्रो पार्टीको बुझाइ हो। त्यही भएकाले नामको पछाडि केही न केही जोड्नुपर्छ तर, के राख्ने भन्ने बहसको क्रममा ‘सी’ राखौं भन्ने भएपछि राख्न थालेका हौं ।’

असोजमा भएको नवौं महाधिवेशनबाट राख्न थालेको भएपनि अहिले प्रचारात्मक रुपमा पार्टीभित्र मात्रै लागू भएको बताए ।

उनले भने, ‘हामीले सरकारसँग नागरिकतामै सी थर राख्न पाइयोस् भनेर प्रस्ताव गर्दैछौं। त्यो प्रस्ताव सरकारबाट स्वीकार भयो भने थप प्रभावकारीक हुन्छ ।’

उनले अहिले अनौपचारिक रुपमा प्रधानमन्त्रीसहित शीर्ष नेताहरुमा छलफल चलाइरहेको भएपनि ठोस प्रस्तावको रुपमा अघि नसारेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु