Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २३ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

डोजर लिएर राप्रपा पार्टी कार्यालय जाँदै काठमाडौं महानगर

२०८०, १५ श्रावण सोमबार ०५:२१

साउन १५, काठमाडौं | काठमाडौं महानगरले राप्रपा पार्टी कार्यालय खाली गराउन दिएको समय घर्किएपछि डोजर लिएर जाने तयारी भएको छ ।

हाइटेन्सन तारको मुनि भएकाले भवन खाली गराउन महानगरले आदेश दिएको थियो ।

तीन दिनअघि काठमाडौं महानगरबाट गएको नगर प्रहरीले भवन खाली गराउन माइकिङ गरेको थियो । सोमबारसम्मको अल्टिमेटम दिइएको भए पनि राप्रपाले कार्यालय खाली गराएको छैन ।

महानगर प्रहरी प्रमुख राजु पाण्डेकाअनुसार अहिले बिहान साढे १० बजे त्यहाँ जाने तयारी भएको छ । यद्यपि महानगर प्रहरीले बालेनको आदेश कुरिरहेको छ ।

राप्रपाका नेताहरू काठमाडौंका साहसँग संवादको प्रयासमा छन् । तर, बालेनले न भेट्न समय दिएका छन्, न कसैको फोन–म्यासेज रेस्पोन्स गरेका छन् ।

यो भवन दाताले दिएको करिब ८ आना जग्गामा बनेको हो । जग्गा दान दिए पनि राप्रपाको नाममा छैन । राप्रपाले कार्यकर्ताहरूबाट चन्दा संकलन गरेको भवन निर्माण गरेको हो । दुई तल्ले घरको छतबाट १०–१२ फिटमाथि हाइटेन्सन लाइन छ ।

हाइटेन्सन लाइनले यस क्षेत्रका अन्य घरहरूलाई पनि प्रभावित बनाएको छ । तर, राप्रपाको कार्यालयजस्तो ठ्याक्कै मुन्तिर भने अन्य घरहरू छैनन् । राप्रपा कार्यालय भवनको नक्सापास पनि भएको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ