साउन १५, वेलिङटन | जापानले महिला विश्वकप २०२३ मा सोमबार स्पेनलाई सजिलै ४-० ले पराजित गर्दै समूह ‘जी’ को शीर्ष स्थानमा रहन सफल भएको छ । यससँगै जापानले समूह चरणका सबै तीन खेल जितेका छन् र उसको ९ अंक भएको छ ।
स्पेन भने ६ अंकका साथ दोस्रो स्थानमा रह्यो । जापान र स्पेन यसअघि नै प्रतियोगिताको अन्तिम १६ मा पुग्ने निश्चित भइसकेको थियो । यसै समूहको अर्को खेलमा जाम्बियाले कोस्टारिकालाई ३–१ गोल अन्तरले पराजित गर्यो ।