२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

दुई महिनाभित्र नेपालको ए टिम बनाउने क्यानको तयारी

१५ श्रावण २०८०, सोमबार १२:२६

साउन १५, काठमाडौँ | नेपाल क्रिकेट संघ क्यानले ए टिमको लागि तयारी सुरु गरेको छ ।

आउँदै गरेका प्रतियोगिताको तयारीका लागि प्रशिक्षणमा रहेका खेलाडी र अन्य केही सर्ट लिस्ट खेलाडीलाई प्रशिक्षणमा राख्दै नेपालको ए टिम बनाउने तयारीमा लागि रहेको क्यानका कार्यवहाक सचिव दुर्गाराज पाठकले जानकारी दिए ।

‘हामी अहिले केही खेलाडीलाई भारत प्रशिक्षणमा पठाउने तयारीमा रहेका छौं । जति सक्दो छिटो हामी नेपालको ए टिम निमार्ण गर्ने प्रक्रियामा रहेका छौं’, उनले भने ।

एसिया कप र टी–२० क्वालिफर्यसका लागि पहिलो श्रेणीका खेलाडीलाई प्रशिक्षणमा पठाउने तयारी गरिरहेको क्यानले कम्तिमा पनि ३० देखि ३५ खेलाडीको समुह तयार पारी मुख्य टिम र ए टिम बनाउने छ ।

पाठकले भने, ‘हाल एसिया कपको तयारीका लागि हामीले कम्तीमा पनि ६/७ जना खेलाडी भारत पठाउन लागेका हौं । खेलाडी छनोट गर्दा हामीले मुख्य त आउँदो दुई प्रतियोगितालाई खेलाडी पठाउन लागेका हौं ।’

क्यानले यहि हप्ता भारत प्रशिक्षणका लागि पठाउने खेलाडीको नाम टुङ्गो लगाउने उनले बताए । आगामी योजनाहरुलाई समेत टेवा पुग्ने गरि प्रशिक्षक मोन्टी देशाइ र टिम व्यवस्थापकको सल्लाह अनुसार खेलाडी छनोट गरिएको पाठकले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य