2026-09-21 08:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

दुई महिनाभित्र नेपालको ए टिम बनाउने क्यानको तयारी

साउन १५, काठमाडौँ | नेपाल क्रिकेट संघ क्यानले ए टिमको लागि तयारी सुरु गरेको छ ।

आउँदै गरेका प्रतियोगिताको तयारीका लागि प्रशिक्षणमा रहेका खेलाडी र अन्य केही सर्ट लिस्ट खेलाडीलाई प्रशिक्षणमा राख्दै नेपालको ए टिम बनाउने तयारीमा लागि रहेको क्यानका कार्यवहाक सचिव दुर्गाराज पाठकले जानकारी दिए ।

‘हामी अहिले केही खेलाडीलाई भारत प्रशिक्षणमा पठाउने तयारीमा रहेका छौं । जति सक्दो छिटो हामी नेपालको ए टिम निमार्ण गर्ने प्रक्रियामा रहेका छौं’, उनले भने ।

एसिया कप र टी–२० क्वालिफर्यसका लागि पहिलो श्रेणीका खेलाडीलाई प्रशिक्षणमा पठाउने तयारी गरिरहेको क्यानले कम्तिमा पनि ३० देखि ३५ खेलाडीको समुह तयार पारी मुख्य टिम र ए टिम बनाउने छ ।

पाठकले भने, ‘हाल एसिया कपको तयारीका लागि हामीले कम्तीमा पनि ६/७ जना खेलाडी भारत पठाउन लागेका हौं । खेलाडी छनोट गर्दा हामीले मुख्य त आउँदो दुई प्रतियोगितालाई खेलाडी पठाउन लागेका हौं ।’

क्यानले यहि हप्ता भारत प्रशिक्षणका लागि पठाउने खेलाडीको नाम टुङ्गो लगाउने उनले बताए । आगामी योजनाहरुलाई समेत टेवा पुग्ने गरि प्रशिक्षक मोन्टी देशाइ र टिम व्यवस्थापकको सल्लाह अनुसार खेलाडी छनोट गरिएको पाठकले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो