१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

मलेसिया बन्यो वैदेशिक रोजगारीमा जानेको आकर्षक गन्तव्य

१६ श्रावण २०८०, मंगलवार ०७:१२

साउन १६, काठमाडौँ | मलेसिया वैदेशिक रोजगारीमा जाने नेपालीहरूको आकर्षक गन्तव्य बनेको तथ्यांकले देखाएको छ । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७९/०८० मा २ लाख ५९ हजार ५९४ जनाले मलेसियाका लागि श्रम स्वीकृति लिएका छन् । जसमा २ लाख ५२ हजार २९५ पुरूष र ७ हजार २९९ महिला छन् ।

यसमा पुनः श्रम स्वीकृति समेत जोडिएको छ । नयाँ श्रम स्वीकृति मात्रै लिएर मलेसियामा २ लाख १९ हजार ३५७ जना गएका छन् । ती मध्ये २ लाख १३ हजार ५० जना पुरूष र ६ हजार ३०७ महिला रहेका छन् । 

मलेसिया गएका नेपालीहरू जम्मा वैदेशिक रोजगारीमा गएका मध्ये ४४.३८ प्रतिशत रहेको छ । त्यसपछि दोस्रो प्रमुख श्रम गन्तव्य मुलुकमा यूएई रहेको छ । जहाँ ५९ हजार १५२ जना रहेका छन् । साउदी अरेबियामा ५५ हजार ७९१ जना रहेका छन् ।

त्यस्तै कतारमा ४० हजार ५१७ जना नेपाली गत वर्ष वैदेशिक रोजगारीका लागि गएका थिए ।

कुवेतमा ३१ हजार ४१० जना, दक्षिण कोरियामा २१ हजार ४१०, रोमानियमा १३ हजार १३७, क्रोसियामा १३ हजार १३७, जापानमा ७ हजार १८६, माल्टामा ५ हजार ६०३, पोल्याण्डमा ४ हजार ९१५, साईप्रसमा ४ हजार २७५, माल्दिभ्समा ३ हजार ९९४ जना वैदेशिक रोजगारीका गएको देखिन्छ ।

गत आर्थिक वर्षमा १४४ देशमा नेपाली श्रमिकहरू गएको देखिन्छ । विभागको तथ्यांक अनुसार नयाँ र पुनः श्रम स्वीकृति लिएर कुल ७ लाख ७१ हजार ३२७ जना वैदेशिक रोजगारीमा गएका छन् ।

आर्थिक वर्ष २०७८/७९ मा ६ लाख ३० हजार ९० जनाले नयाँ र पुनः श्रम स्वीकृति लिएका थिए ।

अघिल्लो आर्थिक वर्षको तुलनामा २०७९/०८० मा  १ लाख ४१ हजार २३७ जना वढी वैदेशिक रोजगारीमा गएका छन् । आर्थिक वर्ष २०७८/७९ मा भने कतार प्रमुख श्रम गन्तव्यको रूपमा देखिएको थियो । जहाँ ७६ हजार ८३२ जना नेपाली नयाँ श्रम स्वीकृति लिएर गएका थिए । नयाँ र पुनः श्रम स्वीकृति गरेर १ लाख ८४ हजार ९२६ पुगेको थियो । कतार विश्वकपका कारण त्यो बेला कतार प्रमुख श्रम गन्तव्य मुलुक बनेको थियो ।

मलेसियालाई प्रमुख श्रम गन्तव्यको रूपमा लिनुमा न्यूनमत पारिश्रमिक बढाउनु, रोजगारीका प्रयाप्त अवसर सिर्जना हुनु जस्ता कारण रहेका छन् । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी