2026-09-21 08:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

निर्णायक खेलमा भारतले वेस्ट इन्डिजलाई दुई सय रनले हरायो

साउन १७, काठमाडौं | घरेलु टोली वेस्ट इन्डिजविरुद्धको तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भ्रमणकारी टोली भारत दुई सय रनको फराकिलो अन्तरले विजयी भएको छ । जितसँगै भारतले तीन खेलको शृङ्खलालाई पनि २—१ ले आफ्नो पक्षमा पारेको छ । 

शृङ्खलाको पहिलो खेलमा भारत र दोस्रो खेलमा वेस्ट इन्डिज विजयी भएका थिए । अन्तिम खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ओभरमा पाँच विकेट गुमाएर तीन सय ५१ रन बनाएको थियो । 

जवाफी ब्याटिङमा ओर्लिएको घरेलु टोलीले भने ३५.३ ओभरमै अलआउट हुनुअघि एक सय ५१ रनमात्र बनाउन सक्यो । दोस्रो खेलमा निराशाजनक प्रदर्शन गरेका भारतीय ब्याट्सम्यान अन्तिम खेलमा भने लयमा फर्किएका थिए । 

भारतीय ब्याट्सम्यानद्वय ईशान किसन र शुभमन गिलले ओपनिङ विकेटका लागि एक सय ४३ रनको साझेदारी गरेका थिए । गिलले ९२ बलमा ११ चौकाको मद्दतले ८५ रन बनाए । अर्का ओपनर किसन ६४ बलमा तीन छक्का र आठ चौकाको मद्दतले ७७ रन बनाउँदै पेभेलियन फर्किए । 

भारतका लागि अन्य दुई ब्याट्सम्यानले पनि अर्धसतक पूरा गरे । कप्तान हार्दिक पाण्डेले अविजित ७० रनको योगदान गरे । आक्रामक रुपमा प्रस्तुत भएका पाण्डेले पाँच छक्का र चार चौका पनि प्रहार गरेका थिए । सञ्जु सामसनले पनि ५१ रन जोडे । उनले ४१ बलमा चार छक्का र दुई चौका हिर्काए ।

सूर्यकुमार यादवले ३५ रन जोडे । क्यारेबियन टोलीका बलर रोमारियो सेफर्डले दुई विकेट लिए । जवाफी ब्याटिङमा ओर्लिएको घरेलु टोली वेस्ट इन्डिजका कुनै पनि ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् । 

वेस्ट इन्डिजका लागि गुडाकेस मोटाईले सर्वाधिक अविजित ३९ रन बनाए । भारतीय बलर सार्दुल ठाकुरले चार विकेट लिए । मुकेश कुमारले तीन विकेट हात पारे । कुलदिप यादवले दुई विकेट लिएका थिए । भारतका शुभमन गिल म्यान अफ दी म्याच घोषित भए । भारतकै ईशान किसन म्यान अफ दी सिरिज बने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो