२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

युभेन्ट्ससँग रियल म्याड्रिड पराजित

२०८०, १८ श्रावण बिहीबार ०५:०८

साउन १८, काठमाडौं | हाल अमेरिका भ्रमणमा रहेको इटालियन सिरिए क्लब युभेन्ट्सले बिहीबार खेलिएको प्रि—सिजन टुरअन्तर्गतको मैत्रीपूर्ण खेलमा बलियो स्पेनिस प्रतिद्वन्द्वी रियल म्याड्रिडलाई ३—१ गोलले पराजित गरेको छ । 

युभेन्ट्सले पहिलो हाफमा दुई र दोस्रो हाफमा एक गोल गरेको थियो । खेल सुरु भएको पहिलो मिनेटमै युभेन्ट्सका लागि मोइस केनले पहिलो गोल गरेका थिए । निर्धारित समयको २० औं मिनेटमा टिमोथी वेहले युभेन्ट्सको अग्रता दोब्बर बनाएका थिए । 

त्यसपछि निर्धारित समयको ३८ औं मिनेटमा रियल म्याड्रिडका भिनी जुनियरले गोल गर्दै खेललाई २—१ को स्थितिमा पुर्‍याएका थिए । दोस्रो हाफको इन्जुरी समयको पाँचौं मिनेटमा युभेन्ट्सका लागि डुसान भ्लाहोभिचले तेस्रो गोल थपेका थिए ।

स्वदेश फर्किनुअघि रियल म्याड्रिडले अमेरिकामा खेलेको यो अन्तिम खेल हो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ