२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

यातायात विभागको चरम लापरबाही, नम्बर र जन्म मिति राखेकै भरमा जोसुकैको लाइसेन्स देखिने

१८ श्रावण २०८०, बिहीबार ०७:०७

साउन १८, काठमाडौं | यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र सम्बन्धी डेटा सुरक्षामा लापरबाही गरेको पाइएको छ । विभागले आफ्नो वेबसाइटमा लाइसेन्स नम्बर र जन्म मिति राखेकै भरमा जोसुकैको लाइसेन्स हेर्न सकिने गरी नागरिकको तथ्याङ्कको गोपनीयतामाथि खेलवाड गरेको हो ।

विभागको अनलाइन ड्राइभिङ लाइसेन्स सिस्टममा स्मार्ट-कार्ड लाइसेन्स सर्च भन्ने फिचर रहेको छ । जसमा जन्म मिति र लाइसेन्स नम्बर राख्ने बित्तिकै जोसुकै व्यक्तिको सवारी चालक अनुमति पत्रको भर्चुअल प्रतिलिपि देख्न सकिन्छ ।

त्यसो त यसबाट साइबर सुरक्षा जोखिम बढेको भन्दै साइबर सुरक्षा जानकार प्रतीक श्रेष्ठले विभागलाई ईमेल समेत लेखेका थिए । तर त्यस उपर विभागले कुनै चासो नदेखाएको उनको गुनासो छ ।

"यो संवेदनशील साइबर सुरक्षा सरोकारको विषय हो," उनी भन्छन् । विभागले सहजताका लागि यस किसिमको व्यवस्था गरेको भए पनि त्यसबाट अनेकौं किसिमका साइबर सुरक्षा चुनौती सिर्जना भएको छ ।

यसरी जोसुकैले नागरिकको व्यक्तिगत विवरणमा पहुँच पाउने अवस्थाले 'पहिचान चोरी' (आइडेन्टिटी थेफ्ट) हुने जोखिम छ । ड्राइभिङ लाइसेन्सको भर्चुअल  कपी हात पारेको खण्डमा गलत मनसाय भएका व्यक्तिहरूले त्यसैको आधारमा ठगी धन्दा चलाउन छुट्टै अकाउन्ट खोल्न सक्ने, ऋणका लागि आवेदन दिन सक्ने र अनधिकृत खरिद कार्य गर्न सक्छन् ।

त्यस्तै भर्चुअल ड्राइभिङ लाइसेन्स सुरक्षित वेबसाइट तथा सिस्टममा अनधिकृत पहुँच बनाउने कार्यमा प्रयोग हुन सक्ने र त्यसरी प्राप्त डेटा डेटा अनधिकृत तवरमा लिक गरिदिन तथा यस्तै अन्य गलत कार्यमा समेत दुरुपयोग हुन सक्ने जोखिम छ । यति मात्र होइन, साइबर अपराधीहरूले फिशिङ तथा सोसल इन्जिनियरिङ जस्ता गतिविधिमा समेत यस्तो व्यक्तिगत विवरण दुरुपयोग गर्न सक्छन् ।

ड्राइभिङ लाइसेन्सको भर्चुअल कपीकै आधारमा फिशिङ ईमेल तयार पार्न र सोसल इन्जिनियरिङ आक्रमण गर्न तथा अन्य व्यक्तिहरूको अनलाइन सुरक्षामा आघात पुर्‍याउन सक्छन् । त्यस्तै यसरी उचित किसिमले आधिकारिकता प्रमाणित नगरिकनै व्यक्तिगत सूचनामा पहुँच दिँदा नागरिकहरूको व्यक्तिगत गोपनीयतामाथि जोखिम बढ्ने र उनीहरूलाई अनेक किसिमका क्षति एवं हैरानी दिने अवस्था समेत सिर्जना हुन सक्ने देखिन्छ ।

साथै यस्तो विवरण दुरुपयोग गरी ठगहरूले वित्तीय अपराध गर्न सक्ने, विभिन्न व्यक्ति तथा वित्तीय संस्थालाई आर्थिक नोक्सान समेत पुग्न सक्ने जोखिम पनि उत्तिकै छ । अर्काको ड्राइभिङ लाइसेन्स हात पारी बदमासहरूले आफ्नै जस्तो गरी प्रयोग गरिदिन सक्छन्, यसबाट वास्तविक लाइसेन्स भएको व्यक्तिलाई अप्ठ्यारोमा पार्न सक्छ । 

तर यातायात व्यवस्था विभागका सूचना अधिकारी इश्वरीदत्त पनेरूले व्यक्तिको जन्म मिति र लाइसेन्स नम्बर पासवर्ड जत्तिकै सुरक्षित हुने दाबी गरे । "यसमा रहेको डेटा कसैले चोर्न र एडिट गर्न सक्दैन," उनले भने, "तर यदि तपाईंले आफ्नो जन्म मिति र लाइसेन्स नम्बर सुरक्षित राख्नु भएको छैन भने त्यसमा हामी केही भन्न सक्दैनौं ।"


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य