2026-09-19 04:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

यातायात विभागको चरम लापरबाही, नम्बर र जन्म मिति राखेकै भरमा जोसुकैको लाइसेन्स देखिने

साउन १८, काठमाडौं | यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र सम्बन्धी डेटा सुरक्षामा लापरबाही गरेको पाइएको छ । विभागले आफ्नो वेबसाइटमा लाइसेन्स नम्बर र जन्म मिति राखेकै भरमा जोसुकैको लाइसेन्स हेर्न सकिने गरी नागरिकको तथ्याङ्कको गोपनीयतामाथि खेलवाड गरेको हो ।

विभागको अनलाइन ड्राइभिङ लाइसेन्स सिस्टममा स्मार्ट-कार्ड लाइसेन्स सर्च भन्ने फिचर रहेको छ । जसमा जन्म मिति र लाइसेन्स नम्बर राख्ने बित्तिकै जोसुकै व्यक्तिको सवारी चालक अनुमति पत्रको भर्चुअल प्रतिलिपि देख्न सकिन्छ ।

त्यसो त यसबाट साइबर सुरक्षा जोखिम बढेको भन्दै साइबर सुरक्षा जानकार प्रतीक श्रेष्ठले विभागलाई ईमेल समेत लेखेका थिए । तर त्यस उपर विभागले कुनै चासो नदेखाएको उनको गुनासो छ ।

“यो संवेदनशील साइबर सुरक्षा सरोकारको विषय हो,” उनी भन्छन् । विभागले सहजताका लागि यस किसिमको व्यवस्था गरेको भए पनि त्यसबाट अनेकौं किसिमका साइबर सुरक्षा चुनौती सिर्जना भएको छ ।

यसरी जोसुकैले नागरिकको व्यक्तिगत विवरणमा पहुँच पाउने अवस्थाले ‘पहिचान चोरी’ (आइडेन्टिटी थेफ्ट) हुने जोखिम छ । ड्राइभिङ लाइसेन्सको भर्चुअल  कपी हात पारेको खण्डमा गलत मनसाय भएका व्यक्तिहरूले त्यसैको आधारमा ठगी धन्दा चलाउन छुट्टै अकाउन्ट खोल्न सक्ने, ऋणका लागि आवेदन दिन सक्ने र अनधिकृत खरिद कार्य गर्न सक्छन् ।

त्यस्तै भर्चुअल ड्राइभिङ लाइसेन्स सुरक्षित वेबसाइट तथा सिस्टममा अनधिकृत पहुँच बनाउने कार्यमा प्रयोग हुन सक्ने र त्यसरी प्राप्त डेटा डेटा अनधिकृत तवरमा लिक गरिदिन तथा यस्तै अन्य गलत कार्यमा समेत दुरुपयोग हुन सक्ने जोखिम छ । यति मात्र होइन, साइबर अपराधीहरूले फिशिङ तथा सोसल इन्जिनियरिङ जस्ता गतिविधिमा समेत यस्तो व्यक्तिगत विवरण दुरुपयोग गर्न सक्छन् ।

ड्राइभिङ लाइसेन्सको भर्चुअल कपीकै आधारमा फिशिङ ईमेल तयार पार्न र सोसल इन्जिनियरिङ आक्रमण गर्न तथा अन्य व्यक्तिहरूको अनलाइन सुरक्षामा आघात पुर्‍याउन सक्छन् । त्यस्तै यसरी उचित किसिमले आधिकारिकता प्रमाणित नगरिकनै व्यक्तिगत सूचनामा पहुँच दिँदा नागरिकहरूको व्यक्तिगत गोपनीयतामाथि जोखिम बढ्ने र उनीहरूलाई अनेक किसिमका क्षति एवं हैरानी दिने अवस्था समेत सिर्जना हुन सक्ने देखिन्छ ।

साथै यस्तो विवरण दुरुपयोग गरी ठगहरूले वित्तीय अपराध गर्न सक्ने, विभिन्न व्यक्ति तथा वित्तीय संस्थालाई आर्थिक नोक्सान समेत पुग्न सक्ने जोखिम पनि उत्तिकै छ । अर्काको ड्राइभिङ लाइसेन्स हात पारी बदमासहरूले आफ्नै जस्तो गरी प्रयोग गरिदिन सक्छन्, यसबाट वास्तविक लाइसेन्स भएको व्यक्तिलाई अप्ठ्यारोमा पार्न सक्छ । 

तर यातायात व्यवस्था विभागका सूचना अधिकारी इश्वरीदत्त पनेरूले व्यक्तिको जन्म मिति र लाइसेन्स नम्बर पासवर्ड जत्तिकै सुरक्षित हुने दाबी गरे । “यसमा रहेको डेटा कसैले चोर्न र एडिट गर्न सक्दैन,” उनले भने, “तर यदि तपाईंले आफ्नो जन्म मिति र लाइसेन्स नम्बर सुरक्षित राख्नु भएको छैन भने त्यसमा हामी केही भन्न सक्दैनौं ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई