२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

ज्ञानेन्द्र मल्लले बोलाए पत्रकार सम्मेलन, के सन्‍न्‍यास घोषणा गर्दैछन् ?

२०८०, १९ श्रावण शुक्रबार ०६:४२

साउन १९, काठमाडौँ | नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले आज पत्रकार सम्मेलन बोलाएका छन् । नेपाली टीम श्रीलंकाबाट फर्केको भोलिपल्ट उनले ‘व्यक्तिगत विषयमा कुराकानी गर्न’ भन्दै इमेलबाट पत्रकारहरूलाई डाकेका हुन् ।

ज्ञानेन्द्रले के विषयमा कुराकानी गर्न खोजेका हुन् भन्ने खुलेको छैन । तर, उनले ‘सन्‍न्यास लिने मनस्थिति बनाइरहेको’ सूचना केही दिनदेखि नेपाल क्रिकेट संघ (क्यान) को उच्च नेतृत्वसम्म पुगेको छ । यद्यपि, ज्ञानेन्द्र स्वयम्ले भने क्यानलाई औपचारिक वा अनौपचारिकरूपमा केही बताएका छैनन् ।

क्यानका म्यानेजर विनोद दासले ज्ञानेन्द्रले सन्‍न्यास लिनसक्नेबारे आफूलाई जानकारी नरहेको बताए ।

‘क्यानमा आधिकारिक जानकारी केही पनि आएको छैन । पत्रकार सम्मेलनको विषयमा पनि थाहा भएन,’ उनले भने । तर, क्यानकै अर्को स्रोतले भने ज्ञानेन्द्र निकटस्थहरुबाट अनौपचारिक सूचना आएको उल्लेख गर्‍यो ।

‘उहाँले चाँडै सन्‍न्यास लिन सक्नुहुन्छ भन्ने टीमका अरु सदस्यहरूले सुनाइरहेका थिए,’ स्रोतले भन्यो ।

नेपालले हालै श्रीलंकामा इमर्जिङ नेसन्स कप खेल्दा ज्ञानेन्द्र टीममा परेका थिएनन् । उनीसहित केही सिनियर खेलाडीलाई रेस्ट दिइएको थियो । इमर्जिङ कपपछि श्रीलंकामा नै नेपाली टीमले केही अभ्यास खेलहरु खेल्दा त्यसमा ज्ञानेन्द्रसहित तीन खेलाडीहरुलाई पठाउन खोजिएको थियो । तर, ज्ञानेन्द्रले आफ्नो पासपोर्ट बेलायत दूतावासमा भिसाका लागि पठाएको हुँदा उनले श्रीलंकाका लागि एप्लाई गर्न पाएनन् । यस विषयमा उनले क्यानका अध्यक्षलाई पनि जानकारी गराएका थिए ।

ज्ञानेन्द्रले यसअघि जिम्बाबेमा विश्वकप क्वालिफायर्स खेलेका थिए । खराब फर्मबाट गुज्रिरहेका उनले दुई म्याचमा मौका पाउँदा उल्लेख्य प्रदर्शन गर्न सकेनन् । पछिल्लो समय उनी नेपाली टिममा परे पनि धेरै म्याचहरुमा प्लेइङ ११ मा पर्न सकेका छैनन् । टिममा युवा खेलाडीहरुको उदय भइरहँदा पनि उनले दबाब महसुस गरिरहेका छन् ।

पारस खड्काले नेपाली राष्ट्रिय टिमको नेतृत्व त्यागेपछि ज्ञानेन्द्र कप्तान बनेका थिए । संयोग के छ भने पारसले दुई वर्षअघि आजकै दिन (साउन १९ गते) राष्ट्रिय टीमबाट सन्‍न्यास लिएका हुन् । कतै त्यही दिन पारेर ज्ञानेन्द्रले पनि पारसलाई पछ्याउँदै त छैनन् ? यसको जवाफका लागि केही समय प्रतीक्षा गर्नुपर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु