१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

टिकटकमा आरजुको इज्जतमा आँच पुग्ने सामग्री राखिएको भन्दै विद्वानको आपत्ति

१९ श्रावण २०८०, शुक्रबार ०८:०२

साउन १९, काठमाडौँ | नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलले पार्टी केन्द्रीय सदस्य तथा सांसद आरजु राणा देउवालक्षित गरी सामाजिक प्रतिष्ठा, इज्जत एवं मानमर्यादामा प्रत्यक्ष आँच पुग्याउने दुराशय राखी सामाजिक सञ्जालहरूमा प्रसारित तथा प्रचारित झूठा र अनर्गल पोष्ट गरिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

अध्यक्ष विद्वान गुरुङद्वारा हस्ताक्षरित विज्ञप्तिमा कानूनको बर्खिलाफ हुने गरी कलाकारहरूले कलाकारिताको मर्यादा र गरिमालाई नै आँच पुग्ने गरी सुवास बोहरा भन्ने नामको टिकटक आईडीबाट आरजुको गरिमा र इज्जतमा गम्भीर आँच पुग्ने खालको प्रकाशित सामग्रीप्रति आपत्ति जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘राजनीतिक पूर्वाग्रह राखी उक्त कार्यमा संलग्न घृणित र अवाञ्छित मनोवृत्तिका व्यक्ति वा समूहहरूलाई ३ दिनभित्र कानूनको दायरामा ल्याउन नेपाल तरुण दल केन्द्रीय समिति गृहमन्त्रालय र सम्बन्धित प्रहरी प्रशासनलाई जोडदार माग गर्दछ ।’

तरुण दलको आग्रहलाई बेवास्ता गरी कानूनविपरित कार्यमा संलग्नलाई कारबाही गर्न आलटाल गरे तरुण दल आफैं प्रतिकारमा उत्रने गुरुङले चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन