५ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

भारतकी देविका पालशिकर नेपाली महिला क्रिकेट टोलीको ब्याटिङ प्रशिक्षक

२१ श्रावण २०८०, आईतवार ०६:३३

साउन २१, काठमाडौँ | भारतकी देविका दिलिप पालशिकर नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको ब्याटिङ प्रशिक्षकको रुपमा जोडिएकी छन् । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार, ४४ वर्षीया पालशिकर नेपालको सिनियर राष्ट्रिय महिला टोलीसँग सल्लाहकार ब्याटिङ प्रशिक्षकका रुपमा जोडिएकी हुन् ।

आफ्नो समयकी अलराउन्डर खेलाडी पालशिकरले भारतका लागि टेस्ट र एकदिवसीय दुबै प्रतियोगिता खेलेकी थिइन् । उनी पछिल्लो १० वर्षयता प्रशिक्षकको भूमिकामा सक्रिय छिन् । ब्याटिङ प्रशिक्षकका रुपमा पालशिकरको संलग्नताले नेपाली खेलाडीको क्षमता अभबृद्धिमा मद्दत पुग्ने विश्वकप क्यानले लिएको छ । 


पछिल्लो समय नेपालको राष्ट्रिय महिला क्रिकेट टोली टीट्वान्टी विश्वकप छनोट प्रतियोगिताको तयारीमा ब्यस्त छ । टीट्वान्टी विश्वकपको एसियाली क्षेत्रको छनोट प्रतियोगिता अगस्त २८ देखि सेप्टेम्बर ६ तारिखसम्म मलेसियामा आयोजना हुँदैछ ।  विश्वकपको एसियाली छनोटमा नेपालसहित ११ राष्ट्रको सहभागिता रहने छ ।

नेपालको सिनियर राष्ट्रिय महिला क्रिकेट टोलीको प्रशिक्षकका रुपमा नियुक्त हुने पालशिकर पहिलो विदेशी हुन् । भारतीय टोलीकी पूर्वखेलाडी पालशिकर विगत लामो समयदेखि प्रशिक्षकको भूमिकामा सक्रिय छिन् । 

एसियाली छनोटमा नेपालका अतिरिक्त आयोजक मलेसिया, थाइल्यान्ड, संयुक्त अरब इमिरेट्स (यूएई), हङ्कङ, भुटान, चीन, बहराइन, कुवेत, कतार र म्यानमारले प्रतिस्पर्धा गर्नेछन् । एसियाली क्षेत्रको छनोटमा सहभागी अधिकांश टोली नेपालका लागि चिरपरिचित प्रतिद्वन्द्वी हुन् । नेपालले यसअघि पनि विभिन्न प्रतियोगितामा यी प्रतिद्वन्द्वीलाई हराइसकेको छ । एसियाली क्षेत्रको छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने दुई टोली ग्लोबल क्वालिफायर (विश्वस्तरिय छनोट प्रतियोगिता) मा प्रवेश गर्नेछ । 

विश्वस्तरिय छनोट प्रतियोगिता भने सन् २०२४ मा हुनेछ । विश्वस्तरिय छनोट प्रतियोगितामा दुई बलिया टोली श्रीलंका र आयरल्यान्डका अतिरिक्त विभिन्न महादेशबाट छनोट भएर आएका टोलीहरुको सहभागिता रहने छ ।

विश्वस्तरिय छनोट प्रतियोगितामा एसियाबाट छनोट भएका दुई, अफ्रिकाबाट छनोट भएका दुई, युरोपबाट छनोट भएका दुई, अमेरिकाबाट छनोट भएको एक, इस्ट एसिया प्यासिफिक क्षेत्रबाट छनोट भएको एक टोलीले सहभागिता जनाउने छन् ।   

विश्वस्तरिय छनोट प्रतियोगिताबाट दुई टोली महिला टीट्वान्टी विश्वकपमा छनोट हुनेछन् । महिला विश्वकप क्रिकेट सन् २०२४ मा बंगलादेशमा आयोजना हुँदैछ । महिला विश्वकपमा १० टोलीको सहभागिता रहने छ । हालसम्म महिला विश्वकपमा सहभागी हुने ६ टोलीको टुंगो लागिसकेको छ ।

ती ६ टोलीमा अस्ट्रेलिया, इङ्ल्यान्ड, भारत, न्युजिल्यान्ड, दक्षिण अफ्रिका र वेस्टइन्डिज रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ