Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २३ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

अनुमतिबिनै रङ परिवर्तन गरेकाले रास्वपाले फिर्ता गर्‍यो एम्बुलेन्स, अर्को गाडी लिने

२०८०, २१ श्रावण आईतवार ०७:२९

साउन २१, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्देशिकाविपरीत रङ परिवर्तन गरेको एम्बुलेन्स पुरानो मेडिकल कलेजलाई नै फिर्ता गर्ने भएको छ।

रास्वपाले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० विपरीत एम्बुलेन्सको रङ परिवर्तन गरेर ‘मोबाइल क्लिनिक’ लेखेको थियो।

रास्वपाले त्यसलाई गाउँ-गाउँ पुगेर ६५ वर्षभन्दा माथिका वृद्धवृद्धाहरूको निःशुल्क उपचार गर्ने माध्यम बनाएपछि प्रश्न उठेको थियो।


मोबाइल क्लिनिक लेखिएको गाडी मेडिकल कलेजलाई नै फिर्ता गरेर अर्को गाडी भाडामा लिने तयारी भइरहेको रास्वपाका सभापति रवि लामिछानेको सचिवालयका प्रमुख कार्यकारी अधिकृत हेमन्त बरालले बताए।

‘रङ परिवर्तनको इस्यु आयो। १० वर्ष पुगिसकेपछि एम्बुलेन्सको रूपमा प्रयोग गर्न नमिल्ने अवस्थाको गाडीलाई मोबाइल संस्था क्लिनिकका रूपमा प्रयोग गरेका हौं,’ बरालले सेतोपाटीसँग भने, ‘विभिन्न कानूनी जटिलताका कुराहरू उठेपछि हामीले त्यसलाई पहिला जुन रङ थियो, त्यही रङको बनाउन पठाइएका छौं।’

उनले कार्यक्रम यथावत् रहेको र अर्को गाडी भाडामा लिएको पनि बताए। ‘कार्यक्रम यथावत छ, अर्को गाडी भाडामा लिएर मोबाइल क्लिनिक सञ्चालन गरिसकेका छौं,’ उनले भने ।

मेडिकल कलेजले पुरानै रङमा फर्काएर गाडी चलाउन भने पनि आफूहरूले अर्को गाडी भाडामाले लिएको उनले बताए।

‘आज जुगेडीमा अर्कै गाडीसहित डाक्टरहरू गएर कार्यक्रम नै सञ्चालन गरिराख्नु भएको छ,’ उनले भने।

यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० को दफा ११ ले आफूखुसी रङ परिवर्तन गर्न दिँदैन। सवारीको किसिम, इन्जिन, च्यासिस, रङ सिट, बडी निर्माण गर्नु परेमा यातायात व्यवस्था विभागबाट अनुमति लिनुपर्ने प्रावधान छ।

तर रास्वपाले स्वीकृति नलिएको भन्दै आलोचना भएकोबारे पनि उनले प्रष्टीकरण दिए।

‘बसको ७ वटा रङ दिएको छ। त्यसमध्ये नीलो रङ पनि समावेश छ। हामीले बससँग सम्झौता गरेका हौं। जसमा नीलो रङ पनि समावेश भएकाले त्यो रङ प्रयोग गर्दा कुनै पनि कानुनी जटिलता नभएको स्पष्टीकरण लिएसकेपछि मात्रै हामीले बससँग सम्झौता गरेका हौं। पहिले त्यो इस्यु नै थिएन,’ उनले भने।

बस निर्बाध चल्ने पनि उनले बताए। सभापति रवि लामिछानले पनि फेसबुक स्ट्याटसमार्फत् ‘मोबाइल क्लिनिक’ नरोकिने बताएका छन्।

‘कठै! मोबाइल क्लिनिकमा हामीलाई प्राप्त गाडी मात्र परिवर्तन हुन लागेको हो। मोबाइल क्लिनिक चालु छ। आज जुगेडी क्षेत्रमा  बा-आमाको सेवामा हुनेछ, यो रोकिने होइन। छिट्टै २ वटा हुन्छ,’ उनले भनेका छन्, ‘ब्लु बसमा पनि कुनै समस्या छैन।’

आलोचना भइरहेकोतर्फ लक्षित गर्दै उनले मान्छेको पछि लाग्न छोडेर अब गाडीको पछि भन्दै प्रश्न पनि गरेका छन्।

‘भोलि टायर पुरानो भनेर लेख्न तयार हुनु होला…हैट हेडलाइन आतंक र हैरानी। सक्दैनौ, सक्दै त सक्दैनौ,’ उनले भनेका छन्।

लामिछानेले उपनिर्वाचन जितेको सय दिनका अवसरमा आफ्नो निर्वाचन क्षेत्र चितवन २ मा ब्लु बस र मोबाइल क्लिनिक सञ्चालनमा ल्याएका थिए। बसले महिलाहरूलाई निःशुल्क आवतजावतको सेवा दिइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ