Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २३ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

झलनाथ खनालले औंल्याए एकीकृत समाजवादीका ११ समस्या

२०८०, २१ श्रावण आईतवार ०८:५४

साउन २१, काठामाडौँ | नेकपा (एकीकृत समाजवादी)को जारी स्थायी कमिटी बैठकमा सम्मानित नेता झलनाथ खनालले पार्टीको ११ वटा समस्या औंल्याएका छन्।

खनालले  पार्टीको विद्यमान स्थिति केन्द्रमा निकै ठूलो ढाँचाको र तल सुकेको टिप्पणी गरेका छन्।

नेता खनालले पार्टीमा १६ पन्ने दृष्टिकोण प्रस्तुत गर्दै पार्टी केन्द्रमा फुकेको र तल सुकेको बताएका हुन्। त्यतिमात्र होइन उनले पदाधिकारी तहमा रावणको टाउकाजस्तो र तल झीनो हुँदै गएको टिप्पणी गरेका छन्।

‘जतिबेला विद्रोह भएको थियो, त्यसवेला पार्टी पंक्तिमा निकै ठूलो उत्साह र उमंग थियो, तर आज त्यो छैन,’ उनले भनेका छन् ‘विद्रोह गर्दा हामीसंग जुन शक्ति थियो आज त्यो पनि छैन।’

विद्रोह गरेको बेला युवा र विद्यार्थीहरूमा उत्साह, जाँगर र अठोट देखिएको आज यी क्षेत्रमा त्यस्तो कुनै पनि नरहेको उनको विश्लेषण छ।

‘उनीहरू दिशाहीन जस्तो महशुस गरिरहेछन्। तर अझै पनि उनीहरू पार्टीले सही नीति ल्याउँछ कि भनेर पर्खिरहेका छन्। विद्रोह गर्दा हामीसँग जस्तो संसदीय दल र शक्ति थियो, संघ र प्रदेश दुवैमा आज त्यस्तो छैन। विद्रोह गर्दा हामी राष्ट्रिय पार्टी मानिएका थियौं आज यो पनि छैन। विद्रोह गर्दा पार्टी वरिपरि जुन जनमत थियो त्यो पनि खुम्चिँदै गएको छ।स्थानीय चुनावमा मात्र पनि हाम्रो पार्टीले ६ लाख मत पाएको थियो, तर राष्ट्रिय चुनावमा आउँदा ३ लाख मात्र पनि नघाउन सकेन। केही महिनाभित्र मै ५० प्रतिशत जनमत खुम्चिनु दुखद कुरा हैन?,’ दस्तावेजमार्फत् खनालले भनेका छन्।

तीनवटा सीटमा उपचुनाव हुँदा पार्टीले आफ्ना उमेदवारसम्म उठाउन नसकेको प्रति खनालले गुनासो गरेका छन्। ‘हाम्रो पार्टी निरीह देखियो। यतिवेला पार्टी संगठनात्मक ढाँचा कमसेकम जिल्ला तहसम्म देखिन्छ, कतिपय ठाउँमा तल सम्म पनि छ। जन वर्गीय संगठनको ढाँचा विकास गरेको छ। युवा विद्यार्थी संगठन पनि छन तर निष्क्रिय र दिशाहीन छन्। आम कार्यकर्ताहरूमा निरासा, हतासा, पदलोलुपता र पलायनका प्रवृत्तिहरु विकास भइइरहेका छन,’समस्या औंल्याउँदै भनेका छन्।

पार्टी यतिबेला माथि रावणको टाउको जस्तो र तल सुक्दै झीनो भएर उभिन पनि गाह्रो पर्ने अवस्थामा भएको महसुस भएको बताएका छन्। त्रिपाइ जस्तो माथि फुकेको तल सुकेको पार्टी संगठन भएको उनले बताएका छन्।

‘हुनुपर्ने ठीक उल्टो हो। संसदमा पनि हाम्रो प्रभावकारी र क्रान्तिकारी ढङ्गले संसदीय संघर्ष भएको महसुस हुदैन। अधिकांश सांसदले त बोलेकै सुनिदैन। हाम्रो पार्टी र विद्रोह गरिएको पार्टी (एमाले)का सैद्धान्तिक र नीतिगत सवालमा भिन्नता के छ देखाउन सकिएको छैन। हाम्रो पार्टीमा पनि जबज कै धङधङी छ र (एमाले) मा पनि जबजकै धङधङी छ। त्यसले गर्दा पनि ठुलो संख्यामा विद्रोह गरेर अघि आएका नेता कार्यकर्ताहरु वैचारिक–सैद्धान्तिक भिन्नता नदेखेर एमालेमा फर्किने क्रम देखिन्छ,’ उनले भने।

किन यस्तो भइरहेको छ? हामी भित्र कहाँ कमजोरी छ? यसलाई बुझेर सम्पूर्ण कमीकमजोरीहरूलाई हटाउनुपर्ने बताएका छन्।

‘क्रान्तिकारी वर्ग दृष्टिकोणका आधारमा विश्लेषण गर्नुपर्छ, तिनीहरूलाई निर्ममतापूर्वक हटाउनुपर्छ, वैचारिक तथा संगठनात्मक दुबै क्षेत्रबाट यस्ता कमजोरीहरूलाई हटाएर हामीले हाम्रो पार्टीलाई एउटा सबल, संशक्त र धारिलो क्रान्तिकारी जगमा उभ्याउनुपर्छ। प्रधान अन्तरविरोध र प्रधान प्रतिद्वन्दीकाविरुद्ध क्रान्तिकारी धारलाई सोझ्याउँदै अघि बढ्नुपर्छ। तब मात्र पार्टी पंक्तिमा नयाँ उत्साह, उमङ्ग र जोसको संचार हुनेछ,’ उनको निष्कर्ष छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ