१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

झलनाथ खनालले औंल्याए एकीकृत समाजवादीका ११ समस्या

२१ श्रावण २०८०, आईतवार ०८:५४

साउन २१, काठामाडौँ | नेकपा (एकीकृत समाजवादी)को जारी स्थायी कमिटी बैठकमा सम्मानित नेता झलनाथ खनालले पार्टीको ११ वटा समस्या औंल्याएका छन्।

खनालले  पार्टीको विद्यमान स्थिति केन्द्रमा निकै ठूलो ढाँचाको र तल सुकेको टिप्पणी गरेका छन्।

नेता खनालले पार्टीमा १६ पन्ने दृष्टिकोण प्रस्तुत गर्दै पार्टी केन्द्रमा फुकेको र तल सुकेको बताएका हुन्। त्यतिमात्र होइन उनले पदाधिकारी तहमा रावणको टाउकाजस्तो र तल झीनो हुँदै गएको टिप्पणी गरेका छन्।

‘जतिबेला विद्रोह भएको थियो, त्यसवेला पार्टी पंक्तिमा निकै ठूलो उत्साह र उमंग थियो, तर आज त्यो छैन,’ उनले भनेका छन् ‘विद्रोह गर्दा हामीसंग जुन शक्ति थियो आज त्यो पनि छैन।’

विद्रोह गरेको बेला युवा र विद्यार्थीहरूमा उत्साह, जाँगर र अठोट देखिएको आज यी क्षेत्रमा त्यस्तो कुनै पनि नरहेको उनको विश्लेषण छ।

‘उनीहरू दिशाहीन जस्तो महशुस गरिरहेछन्। तर अझै पनि उनीहरू पार्टीले सही नीति ल्याउँछ कि भनेर पर्खिरहेका छन्। विद्रोह गर्दा हामीसँग जस्तो संसदीय दल र शक्ति थियो, संघ र प्रदेश दुवैमा आज त्यस्तो छैन। विद्रोह गर्दा हामी राष्ट्रिय पार्टी मानिएका थियौं आज यो पनि छैन। विद्रोह गर्दा पार्टी वरिपरि जुन जनमत थियो त्यो पनि खुम्चिँदै गएको छ।स्थानीय चुनावमा मात्र पनि हाम्रो पार्टीले ६ लाख मत पाएको थियो, तर राष्ट्रिय चुनावमा आउँदा ३ लाख मात्र पनि नघाउन सकेन। केही महिनाभित्र मै ५० प्रतिशत जनमत खुम्चिनु दुखद कुरा हैन?,’ दस्तावेजमार्फत् खनालले भनेका छन्।

तीनवटा सीटमा उपचुनाव हुँदा पार्टीले आफ्ना उमेदवारसम्म उठाउन नसकेको प्रति खनालले गुनासो गरेका छन्। ‘हाम्रो पार्टी निरीह देखियो। यतिवेला पार्टी संगठनात्मक ढाँचा कमसेकम जिल्ला तहसम्म देखिन्छ, कतिपय ठाउँमा तल सम्म पनि छ। जन वर्गीय संगठनको ढाँचा विकास गरेको छ। युवा विद्यार्थी संगठन पनि छन तर निष्क्रिय र दिशाहीन छन्। आम कार्यकर्ताहरूमा निरासा, हतासा, पदलोलुपता र पलायनका प्रवृत्तिहरु विकास भइइरहेका छन,’समस्या औंल्याउँदै भनेका छन्।

पार्टी यतिबेला माथि रावणको टाउको जस्तो र तल सुक्दै झीनो भएर उभिन पनि गाह्रो पर्ने अवस्थामा भएको महसुस भएको बताएका छन्। त्रिपाइ जस्तो माथि फुकेको तल सुकेको पार्टी संगठन भएको उनले बताएका छन्।

‘हुनुपर्ने ठीक उल्टो हो। संसदमा पनि हाम्रो प्रभावकारी र क्रान्तिकारी ढङ्गले संसदीय संघर्ष भएको महसुस हुदैन। अधिकांश सांसदले त बोलेकै सुनिदैन। हाम्रो पार्टी र विद्रोह गरिएको पार्टी (एमाले)का सैद्धान्तिक र नीतिगत सवालमा भिन्नता के छ देखाउन सकिएको छैन। हाम्रो पार्टीमा पनि जबज कै धङधङी छ र (एमाले) मा पनि जबजकै धङधङी छ। त्यसले गर्दा पनि ठुलो संख्यामा विद्रोह गरेर अघि आएका नेता कार्यकर्ताहरु वैचारिक–सैद्धान्तिक भिन्नता नदेखेर एमालेमा फर्किने क्रम देखिन्छ,’ उनले भने।

किन यस्तो भइरहेको छ? हामी भित्र कहाँ कमजोरी छ? यसलाई बुझेर सम्पूर्ण कमीकमजोरीहरूलाई हटाउनुपर्ने बताएका छन्।

‘क्रान्तिकारी वर्ग दृष्टिकोणका आधारमा विश्लेषण गर्नुपर्छ, तिनीहरूलाई निर्ममतापूर्वक हटाउनुपर्छ, वैचारिक तथा संगठनात्मक दुबै क्षेत्रबाट यस्ता कमजोरीहरूलाई हटाएर हामीले हाम्रो पार्टीलाई एउटा सबल, संशक्त र धारिलो क्रान्तिकारी जगमा उभ्याउनुपर्छ। प्रधान अन्तरविरोध र प्रधान प्रतिद्वन्दीकाविरुद्ध क्रान्तिकारी धारलाई सोझ्याउँदै अघि बढ्नुपर्छ। तब मात्र पार्टी पंक्तिमा नयाँ उत्साह, उमङ्ग र जोसको संचार हुनेछ,’ उनको निष्कर्ष छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन