१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

झलनाथलाई राजनीतिबाट विश्राम लिन अध्यक्ष पराजुलीको सुझाव

२१ श्रावण २०८०, आईतवार १०:१५

साउन २१, काठामाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले स्थायी कमिटी बैठकमा राखेको फरक मतप्रति सो पार्टी निकट अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले कटाक्ष गरेका छन् । 

अध्यक्ष पराजुलीले सामाजिक सञ्जाल फेसबुकमार्फत नेता खनाललाई पहिला जनताको बहुदलीय जनवादलाई दक्ष प्रजापति टाउको जस्तो देख्ने र भन्ने  गरेको भन्दै अहिले लामो समयपछि आफू नै शीर्ष भन्दा शीर्ष ठाउँमा बसेर  आफूले नै निर्माण गरेको आन्दोलन र पार्टीलाई रावणको टाउको देख्न र भन्न थालेको भन्दै यस्तो दृष्टिभ्रम कहिलेसम्म रहन्छ  भनेर प्रश्न गरेका छन् । 

साथै उनले सम्मानमाथि उच्च सम्मान   रहेकाले खनाललाई राजनीतिबाट विश्राम लिन सुझाव पनि दिएका छन् । 

‘जनताले सम्मानका साथ विश्राम लिनका लागि जनादेश दिएका छन्, यो जनमतलाई नभुल्नु होला जनताको आदेशलाई’, खनालप्रति लक्षित गर्दै पराजुलीले लेखेका छन्, ‘समाजवादी यात्राका लागि युवालाई स्थान छोडिदिनुहोस् । राजनीति पद प्राप्ति मात्र हो भन्ने भाष्य निर्माण हुँदैछ यसको गतिलो जवाफ अब तपाईँले दिनुहोस् ।’ 

पराजुलीले सदैव मुल नेतृत्वप्रतिको अविश्वास र फरक देखिने खनालको प्रवृत्तिले सम्मानित मर्यादालाई अधोगति लगाएको दावी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन