2026-09-21 07:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

पेनाल्टी सुटआउटमा साविक विजेता अमेरिकालाई हराउँदै स्विडेन क्वार्टरफाइनलमा

एजेन्सी। साविक विजेता अमेरिका नवौं महिला विश्वकप फुटबल प्रतियोगिताको उपाधि होडबाट बाहिरिएको छ । स्विडेनले आइतबार खेलिएको रोमाञ्चक प्रिक्वार्टरफाइनल खेलमा बलियो अमेरिकालाई पेनाल्टी सुटआउटमा ५-४ गोलले हरायो । 

महत्वपूणर् जितसँगै स्विडेन प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । अमेरिका सर्वाधिक चार पटकको उपाधि विजेता राष्ट्र हो । अमेरिकाले महिला विश्वकपमा पहिलो, तेस्रो, सातौं र आठौं संस्करणको उपाधि जितेको थियो । महिला विश्वकपमा अमेरिकाको यो सबैभन्दा खराब प्रदर्शन हो ।

स्विडेन र अमेरिकाबीचको निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएको थियो । खेलको प्रारम्भदेखि नै स्विडेनले अमेरिकालाई कडा चुनौती दिएको थियो । त्यसपछि खेल थप समयतर्फ धकेलिएको थियो । थप गरिएको समयमा पनि दुबैतर्फबाट गोल हुन सकेन ।

त्यसपछि खेल पेनाल्टी सुटआउटमा गयो । पेनाल्टी सुटआउट पनि निकै रोमाञ्चक थियो । अन्ततः पेनाल्टी सुटआउटमा स्विडेनले बाजी मार्‍यो । जारी विश्वकपको क्वार्टरफाइनलमा पुग्ने स्विडेन चौथो राष्ट्र हो । जापान, स्पेन र नेदरल्यान्ड्स यसअघि नै क्वार्टरफाइनलमा पुगिसकेका छन् । 

प्रिक्वार्टरफाइनलमा स्पेनले स्विट्जरल्यान्डलाई २-० र जापानले नर्वेलाई ३-१ गोलले हराएका हुन् । नेदरल्यान्ड्सले भने दक्षिण अफ्रिकालाई २-० गोलले हराएको हो । प्रतियोगिताको क्वार्टरफाइनलमा स्पेनले नेदरल्यान्ड्सको सामना गर्नेछ । जापानले भने क्वार्टरफाइनलमा स्विडेनलाई प्रतिद्वन्द्वीको रुपमा पाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो