2026-09-21 07:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

लियोनल मेस्सीको शानदार प्रदर्शनमा इन्टर मियामी क्वाटर फाइनलमा

साउन २२, न्युयोर्क। लियोनल मेस्सीको शानदार प्रदर्शनमा इन्टर मियामी लिग्स कपको क्वाटर फाइनलमा पुगेको छ।

सोमबार बिहान भएको खेलमा मियामीले डल्लासलाई टाइब्रेकरमा पराजित गर्‍यो।

निर्धारित तथा अतिरिक्त समयको खेल ४-४गोलको बराबरीमा सकिएपछि टाइब्रेकर भएको थियो।

निर्धारित तथा अतिरिक्त समयमा मेस्सी एक्लैले २ गोल गरेका थिए। त्यसमध्ये एक गोल फ्रीकिकमा गरेका थिए।

खेलमा २ गोलले पछाडि परेको अवस्थामा मियामी बराबरीमा पुगेको थियो। मेस्सीले मियामीका लागि ४ खेलमा ७ गोल गरिसकेका छन्।

खेलमा सुरुवाती अग्रता मेस्सीले छैटौँ मिनेटमा दिलाएका थिए। तर त्यसपछि लगातार तीन गोल गर्दै डल्लास ३-१ गोलले अगाडि बढेको थियो।

मियामीले ६५ औँ मिनेटमा गोल गर्दै खेल ३-२ को अवस्थामा पुर्‍याएको थियो। तर ६८ औँ मिनेटमा इन्टर मियामीबाट आत्मघाती गोल भएपछि डल्लास फेरी ४-२ गोलले अगाडि बढ्यो।

डल्लासका खेलाडीबाट ८० औँ मिनेटमा आत्मघाती गोल भएको थियो। मेस्सीले ८५ औँ मिनेटमा शानदार फ्रिकिक गोल गरेर खेललाई ४-४ को स्थितिमा पुर्‍याएका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो