Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २३ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

श्रीमतीमाथि बलात्कार र कुटपिट गरेको आरोपमा श्रीमान् पक्राउ, जिल्ला अदालतमा मुद्दा दायर

२०८०, २३ श्रावण मंगलवार ०७:३६

साउन २३, काठमाडौँ | गत भदौ २२ गते मात्र विवाह बन्धनमा बाँधिएकी एक महिला श्रीमानले बलात्कार गरेको भन्दै प्रहरीकहाँ पुगेकी छिन् । काठमाडौं प्रहरीले आरोपीलाई पक्राउ गरेर अदालतमा मुद्दा चलिरहेको छ ।

पीडित सरिता (नाम परिवर्तन) ले जबर्जस्ती करणी र कुटपिट/अंगभंगको कसुर गरेको भन्दै श्रीमान् कमल (नाम परिवर्तन) विरुद्ध महानगरीय प्रहरी वृत्त महाराजगन्जमा जाहेरी दिएकी थिइन् । मागी विवाह गरेको यो जोडी बुढानीलकण्ठ नगरपालिका–७ मा बस्दै आएको थियो ।


सरिताका अनुसार कमलले उनको इच्छाविपरीत र महिनावारी भएका समयमा पनि शारीरिक सम्पर्क राख्ने गरेका थिए । आफूलाई श्रीमानले अप्राकृतिक मैथुनसमेत गर्न लगाएको सरिताको आरोप छ ।

आफूले भनेको नमान्दा श्रीमानले कुटपिटसमेत गर्ने गरेको र त्यही क्रममा दाँतसमेत भाँच्चिएको सरिताले जाहेरीमा उल्लेख गरेकी छिन् । उनले आफ्नो शरीरमा भएका चोटपटक र नीलडामसमेत प्रमाणका रूपमा पेश गरेकी छिन् ।

यता आरोपी कमलले सरिताले नियमित मदिरा सेवन गरेर घर आउने गरेको र सोही विषयमा भनाभन हुने गरेको बताएका छन् । आफूले भन्दा पहिले श्रीमतीले मुक्का हानेको उनको दाबी छ ।

प्रहरीसँगको बयानमा कमलले साढे २ महिनाअघि मापसे गरेर घर आएकी सरिताले आफूलाई मुक्का प्रहार गरेको बताएका छन् । प्रतिकारमा आफूले पनि मुक्का प्रहार गर्दा सरिताको दाँत भाँच्चिएको उनको भनाइ छ ।

‘मैले श्रीमतीलाई कहिल्यै जबर्जस्ती गरेको छैन । बरु मदिराले लट्ठ भएपछि उनले नै चाहेअनुसार शारीरिक सम्पर्क गर्न बाध्य हुने गरेको थिएँ,’ कमलले बयानमा उल्लेख गरेका छन् ।

घटनाको अनुसन्धान सकेर सरकारी वकिल कार्यालयमार्फत जिल्ला अदालतमा मुद्दा दायर भएको हो । गत २३ गते सरकारी वकिलबाट अभियोग पत्र दर्ता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ