2026-09-21 07:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

महिला विश्वकपः जमैकालाई हराउँदै कोलम्बिया पहिलो पटक क्वार्टरफाइनलमा

साउन २३, काठमाडौँ | फिफा महिला विश्वकप फुटबलमा दक्षिण अमेरिकी टोली कोलम्बिया क्वार्टरफाइनल प्रवेश गरेको छ। पहिलो पटक महिला विश्वकपको अन्तिम आठमा स्थान बनाउन सफल भएको कोलम्बियाले क्यारेबियन टोली जमैकालाई पराजित गर्‍यो।

मंगलबार भएको खेलमा कोलम्बियाले जमैकालाई १–० ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको हो। कोलम्बियाले अब सेमिफाइनल प्रवेशका लागि इंग्ल्यान्डको सामना गर्नेछ। यी दुई टोलीबीच सिड्नीमा शनिबार क्वाटरफाइनलको खेल हुनेछ।

इंग्ल्यान्डले नाइजेरियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको थियो। कोलम्बियाले मेलवर्नमा भएको खेलमा गरेको एकमात्र गोल निर्णायक भएको थियो।

कप्तान काटलिना उस्मीले गरेको एकमात्र गोल निर्णायक बन्यो। उनले ५१ औँ मिनेटमा गोल गरेकी थिइन्। उक्त गोल कोलम्बियाले महिला विश्वकपको नकआउट चरणमा गरेको एकमात्र गोलसमेत हो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो