१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

जहाज नउडेपछि भरतपुरमै रोकिए प्रधानमन्त्री प्रचण्ड

२८ श्रावण २०८०, आईतवार ०७:०८

साउन २८, भरतपुर | मौसमको खराबीका कारण प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ चितवनमै रोकिएका छन्।

शक्रबार भरतपुर आइपुगेका प्रधानमन्त्री दाहाल शनिबार भरतपुर महानगरपालिकाले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा सहभागी भएका थिए।

उनी आइतबार विहान ७:३५ बजे बुद्ध एयरको जहाजबाट काठमाडौं फर्कने  तयारी थियो।

तर मौसम बिग्रिएका कारण जहाज उड्न नसकेको भरतपुरस्थित बुद्ध एयरका प्रमुख भक्तबहादुर बस्नेतले बताए।

‘विहान ८:५५ मा काठमाडौंबाट जहाज आइपुगेको थियो। तर खराब मौसमका कारण फर्कन सकेको छैन,’ बस्नेतले भने, ‘अल्लीअघि सम्म काठमाडौंको मौसम राम्रो थिएन। अहिले त्यता राम्रो हुँदैछ तर यताको बिग्रिएपछि फर्कन सकेन।’

 उनले मौसममा सुधार हुँदै गएकाले केहीबेरमा जहाज उड्ने सम्भावना रहेको बताए। प्रधानमन्त्री दाहाल पारिवारिक भेटघाटका लागि भरतपुर आएका थिए। उनी शिवनगरस्थित निवासमा बसेका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन