गोल डटकमका अनुसार नेमार र साउदी क्लब अल हिलालबीच सह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... गोल डटकमका अनुसार नेमार र साउदी क्लब अल हिलालबीच सह"/>
2026-07-27 07:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नेमार पनि साउदी अरबतिर !

एजेन्सी | ब्राजिलियन स्टार नेमार पनि साउदी अरब जाने तय भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।

गोल डटकमका अनुसार नेमार र साउदी क्लब अल हिलालबीच सहमति भएको छ। नेमार हाल फ्रान्सको लिग च्याम्पियन पेरिस सेन्ट जर्मन (पीएसजी) मा आबद्ध छन् ।

अन्य क्लबमा जान दबाब बढाउँदै पीएसजीले नेमारलाई सिजनको पहिलो खेलमा मैदान उतारेको थिएन । यसअघि अल हिलालले गरेको प्रस्ताव पीएसजीले स्विकारिसकेको छ ।

यसअघि पीएसजीले सन् २०१७ मा नेमारलाई बार्सिलोनाबाट विश्व कीर्तिमानी मूल्य तिरेर भित्र्याएको थियो । ३१ वर्षीय नेमार गत मार्चयता मैदान उत्रिएका छैनन्। यसबीचमा उनले गोलिगाँठा लिगामेन्टको शल्यक्रिया गरेका थिए ।

गत वर्ष क्रिस्टियानो रोनाल्डो अल नासरमा आबद्ध भएपछि युरोपमा खेलिरहेका विश्व चर्चित खेलाडीको आकर्षण साउदी क्लब फुटबलमा देखिएको छ ।

सेडियो माने, करिम बेन्जेमा, फिरमिनोसहित थुप्रै विश्व चर्चित खेलाडीहरू यसबीचमा साउदी अरबको प्रो लिगका लागि आबद्ध भइसकेका छन् ।

यसअघि नेमार आफ्नो पूर्व क्लब बार्सिलोनामा पनि फर्किन सक्ने चर्चा चलेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभामुख अर्यालले बोलाए प्रमुख सचेतक र सचेतकको बैठक सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा पोखरामा एक जना अमेरिकी नागरिकको मृत्यु ३३.२८ अंकले घट्यो सेयर बजार झडपमा परी घाइते भएका ९ जनाकै शरीरमा गोली जगेडा ग्यास नराख्न उद्योगीको आग्रह काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम नागढुंगा सुरुङमार्ग उद्घाटन गरिँदै सुन–चाँदीको मूल्य बढ्यो दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर १ युवाको मृत्यु मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ