असोज १६, चितवन । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले चिकनगुनियाको सङ्क्रमण प्रमाणित गरेकी महिला रौतहटको चन्द्रनिगाहपुरमा बसोबास गर्दै आएको थाहा भएको छ । 

"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १६, चितवन । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले चिकनगुनियाको सङ्क्रमण प्रमाणित गरेकी महिला रौतहटको चन्द्रनिगाहपुरमा बसोबास गर्दै आएको थाहा भएको छ । 

"/>
१० कार्तिक २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चिकनगुनिया सङ्क्रमित महिला रौतहटमा बसोबास गर्ने गरेको पुष्टि

१६ आश्विन २०७३, आईतवार ०४:११

असोज १६, चितवन । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले चिकनगुनियाको सङ्क्रमण प्रमाणित गरेकी महिला रौतहटको चन्द्रनिगाहपुरमा बसोबास गर्दै आएको थाहा भएको छ । 

पश्चिम चितवनको नारायणी नगरपालिका वडा नं ३ बुद्धनगर स्थायी घर भई विगत छ वर्षयता चन्द्रनिगाहपुरमा बस्दै आएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख नरहरि चापागाईंको नेतृत्वमा उहाँकै निवास पुगेर महिलाको बारेमा विस्तृत अध्ययनसमेत गरेको छ । 

टोलीमा रहनुभएका किट नियन्त्रक राम केसीका अनुसार ती महिला भदौ ३१ गते ज्वरो आएपछि चन्द्रनिगाहपुरबाट उपचारका लागि असोज १ गते भरतपुर आएकी थिइन् । २ गते मौलाकालिका अस्पतालमा भर्ना भई ३ गते सोही अस्पतालबाट काठमाडौँ लगिएको थियो । मौलाकालिका अस्पतालमा डेङ्गुको उपचारपछि उनलाई काठमाडौँस्थित शुक्रराज ट्रपिकल अस्पतालमा पठाइएको हो । असोज ४ गते ट्रपिकल अस्पतालमा भर्ना भई ६ गते डिस्चार्ज भएको र ७ गते चितवन फर्किएको केसीले बताउनुभयो । 

उपचारपछि ती महिला आफ्नै घर बुद्धनगर फर्किएकी छन् । श्रीमान् चन्द्रनिगाहपुरमा जागिर खाने भएपछि उनीहरु बजारमै बसोबास गर्दै आएको पाइएको छ । महिलाले ज्वरो आउने र टाउको दुख्ने भएपछि उपचारका लागि भरतपुर आएको जनाएको केसीले बताउनुभयो । अहिले महिलाको अवस्था सामान्य रहेको केसीले जानकारी दिनुभयो । 

उनी बसोबास गर्ने बुद्धनगरको घर वरिपरि सरसफाइ रहेको र पानी नजमेको पाइएको केसीले बताउनुभयो । निमित्त प्रमुख चापागाईंले रोग रौतहटबाट आएको हुँदा विभागमार्फत रौतहटमा अध्ययनका लागि जानकारी गराइने बताउनुभयो । 

ती महिलाको चितवनमा डेङ्गु परीक्षण गर्दा नेगेटिभ देखिएपछि थप उपचारका लागि काठमाडौँ लगिएको थियो । चापागाईंले ती महिलालाई डेङ्गु सार्ने लामखुट्टेले टोकेर अर्का कुनै व्यक्तिलाई टोकेको भए रोग सर्ने सम्भावना रहने बताउनुभयो । यद्यपी लामखुट्टेले यो रोग यो सार्ने गर्दछ । 

भारतमा सन् २००३ मा महामारीका रूपमा चिकनगुनियाको सङ्क्रमण देखिएको थियो । यो रोग लागेको वाकवाक आउने, उच्च ज्वरो आउने, टाउको दुख्ने, जोर्नी दुख्ने, शरीर दुख्नेजस्ता लक्षण देखा पर्ने फिजिसियन डा. कालिदास अधिकारीले बताउनुभयो । यस्तो लक्षण देखिएमा तत्कालै स्वास्थ्य संस्थामा जाँच गराउनुपर्ने सुझाव उहाँको छ । पछिल्लो समय डेंगुको हंका लागेका बिरामीलाई चिकनगुनियाको समेत परीक्षण गर्न सुझाईएको उहाँले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा केन्द्रिय समिति बैठक: निरन्तर आन्दोलन संगै पार्टी गतिविधि सूचारु गर्ने निर्णय विश्वकप लिग –२ अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्ने नेपाली टिमको घोषणा हाम्रो खवरदारीलाई सरकारले वेवास्ता गरे अवस्था गम्भीर हुनेछ : प्रचण्ड नेपाली जहाँ पुग्छ, त्यहाँ जागरणको बत्ति बाल्छ : प्रधानमन्त्री दलाल र पूँजीवादी दलहरुसँग सहकार्य गर्नु गल्ती थियोः प्रचण्ड फिल्म‘अग्निदहन’को ’दाइ दाइ नभन मलाई’बोलको गीत सार्वजनिक माओवादीको सामान्य खबरदारी सभाले नै सरकार थुरथुर काम्यो : सचिव शाक्य सुनका असर्फी र चाँदीका सिक्का बिक्रीको तयारी, खरिद गर्न नागरिकता अनिवार्य एमाले र कांग्रेसले लोकतन्त्र मर्न दिँदैनन्: प्रधानमन्त्री पाकिस्तानले जित्यो इंग्ल्याण्डविरुद्धको टेस्ट सिरिज हिमालको बारेमा संसारलाई बुझाउन जरुरी छ : प्रधानमन्त्री ओली एमाले हाम्रो प्रतिस्पर्धी भएकाले आगामी निर्वाचनमा धेरै तयारी गर्नपर्छ : डा.कोइराला काठमाडौंमा माओवादी केन्द्रको खबरदारी जुलुस पिएसजीसँगको पारिश्रमिक विवादमा एम्बापेको पक्षमा फैसला, पिएसजीले ६० मिलियन डलर दिनुपर्ने लिगइंग्लिस प्रिमियर फुटबल:लेस्टरमाथि नटिङघमको शानदार जीत नेपाल पर्यटन बोर्ड र राकुटेन भाइबरबिच सहकार्य इजरायलद्वारा इरानका सैन्य ठेगानामा क्षेप्यास्त्र आक्रमण आज राष्ट्रिय जलवायु सम्मेलन हुँदै रास्वपाको केन्द्रीय समितिको बैठक आज बस्दै माओवादीको खबरदारी सभा आज : ३० हजार कार्यकर्ता सडकमा उतार्ने दाबी