६ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

फिफा महिला विश्वकप फुटबल : इंग्ल्यान्डलाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि

३ भाद्र २०८०, आईतवार १२:२९

भदौ ३, काठमाडौँ | इङ्ग्ल्यान्डलाई हराउँदै स्पेनले महिला विश्वकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । आइतबार भएको फाइनल खेलमा बलियो प्रतिद्वन्द्वी इङ्ल्यान्डलाई १—० गोलले हराउँदै स्पेनले उपाधि चुमेको हो । 

अस्ट्रेलियाको सिड्नीमा रहेको स्टेडियम अस्ट्रेलियामा भएको खेलमा स्पेनका लागि कप्तान ओल्गा कार्मोनाले निर्णायक गोल गरेकी हुन् |


खेलको प्रारम्भमै लिएको अग्रतालाई जोगाउँदै स्पेनले उपाधि आफ्नो नाममा लेखायो । खेलको २९औं मिनेटमा ओल्गा कार्मोनाले स्पेनका लागि निर्णायक गोल गरेकी थिइन् । त्यसपछि दुवै टोलीबाट थप गोल हुन सकेन ।

स्पेनले सन् २०१५ मा आयोजना भएको महिला विश्वकपको सातौं संस्करणमा पहिलो पटक सहभागिता जनाएको थियो । त्यतिबेला स्पेन पहिलो चरणबाटै बाहिरिएको थियो । सन् २०१९ मा आयोजना भएको आठौं संस्करणमा भने प्रिक्वार्टरफाइनल चरणको खेलमा अमेरिकाले स्पेनलाई २—१ गोलले हराएको थियो । 

स्पेन महिला विश्वकप फुटबल जित्ने पाँचौ टिम बनेको छ । यसअघि अमेरिकाले ४ पटक, जर्मनीले २ पटक तथा नर्वे र जापानले १-१ पटक विश्वकप जितेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने