भदौ ४, काठमाडौँ | स्पेनिस ला लिगा फुटबलमा कार्डिजबिरुद्ध बार्सिलोनाले सानदार जित निकालेको छ । गएराति भएको खेलमा कार्डिजलाई २–० गोलले हराउँदै बार्सिलोनाले पहिलो जित निकालेको हो ।
बार्सिलोनाको जितमा पेद्री र फेरान टोरेसले एक–एक गोल गरेका थिए ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ८२औ मिनेटमा पेड्रीले इल्के गुन्डागोनको पासमा गोल गर्दै अग्रता दिलाएका थिए । इन्जुरी टाइमको ४ औ मिनेटमा फेरानले रोबर्ट लेवान्डोसक्को पासमा गोल गर्दै बार्सिलोनाको जित पक्का गरे । यो जितसँगै बार्सिलोनाको दुई खेलबाट ४ अंक भएको छ ।