2026-09-21 07:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नेयमारले भारतमा खेल्ने !

भदौ ७, काठमाडौँ | एसियन च्याम्पियन्स लिगको समूहगत चरणमा साउदी अरेबियाको क्लब अल हिलाल र भारतको मुम्बई सिटी एउटै समूहमा परेका छन् । यी दुबै क्लब एसियन च्याम्पियन्स लिगको समूह ‘डी’ मा रहेका छन् । 

ब्राजिलियन फुटबल स्टार नेयमार हाल साउदी क्लब अल हिलालबाट व्यवसायिक फुटबल खेल्छन् । उनी यसै सिजन फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) छाडेर साउदी क्लबमा आबद्ध भएका हुन् । त्यसैले एसियन च्याम्पियन्स लिगमा मुम्बई सिटीविरुद्घको खेल खेल्न अल हिलालसँगै ३१ वर्षीय नेमार पनि भारत आउने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

यद्दपि, अल हिलालले यस विषयमा केही बताएको छैन । एसियन च्याम्पियन्स लिगको उक्त खेल पुणेमा खेलिने छ । मुम्बई सिटीको घरेलु मैदान भने अन्धेरी स्पोर्टस कम्प्लेक्स हो । तर, त्यो रंगशाला एसियन च्याम्पियन्स लिगको मापदण्ड अनुसारको नरहेकाले खेल पुणेमा खेलाउन लागिएको हो । 

एसियन च्याम्पियन्स लिगको समूहगत चरणको खेल आगामी सेप्टेम्बर १८ तारिखदेखि सुरु हुँदैछ । तर, मुम्बई सिटी र अल हिलालबीचको खेलको मिति भने सार्वजनिक भइसकेको छैन । समूह ‘डी’ मा अल हिलाल र मुम्बई सिटीका अतिरिक्त उज्बेकिस्तानको नभबाहोर र इरानको नस्साजी मजानदरान पनि रहेका छन् । स्पेनिस ‘पावर हाउस’ बार्सिलोनाका पूर्वखेलाडी नेयमारले हालसम्म भारतमा कुनै खेल खेलेका छैनन् । एसियन च्याम्पियन्स लिगमा अल हिलाल बलियो क्लब हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो