Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २३ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

नेकपा अदालतले होइन, प्रचण्डले फुटाएका हुन् : ओली

२०८०, ११ भाद्र सोमबार ११:५५

भदौ ११, काठमाडौँ | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन नेकपा विभाजन पुष्पकमल दाहाल प्रचण्डले गराएको आरोप लगाएका छन् । सोमबार काठमाडौंमा एमालेका जनप्रतिनिधिहरुसँगको कार्यक्रममा उनले अदालतले नेकपा विभाजन गरिदयो भन्ने गलत भाष्य बनाउन खोजिएको भन्दै असन्तुष्टि जनाए ।

अदालतले ऋषि कट्टेल नेतृत्वको पार्टीले त्यही नाममा पहिले नै दर्ता गरिसकेको हुँदा अर्को नाम दर्ता गर्न आऊ भनेको तर आफूले अनेक कोशिस गर्दा पनि प्रचण्ड तयार नभएका कारण पार्टी विभाजन भएको ओलीको भनाइ छ ।

‘अदालतले फुटाएको होइन, प्रचण्डले फुटाएको हो । अदालतले त यो नाम मिलेन, बदर गरियो । अर्को नाममा दर्ता गर भनेको थियो । अर्को नाम लिएर भोलिप्लट दर्ता गर्न जाँदा हुन्थ्यो’, कार्यक्रममा सम्बोधन गर्ने क्रममा ओलीले भने, ‘नाम मात्रैको कुरा थियो । तर त्यही निहुँ पारेर, अदालतले फुटायो भन्ने हल्ला फिजाएर कम्युनिस्ट पार्टीलाई टुक्र्याउन र यसबाट भाग्न खोजेका थिए । भागे ।’

त्यसपछि प्रचण्डले माओवादी फुटाएर लगेको र माधव नेपालले पटकपटक फुटाउन खोज्दा निर्वाचन आयोग, सभामुखको संयुक्त साँटगाँठबाट एमालेलाई पुनः विभाजन गरेको बताए ।

अध्यादेश जारी गर्ने हुँदैन भनेर असंवैधानिक क्रियाकलाप भनेर अदालतमा पुगेर मुद्दा फिर्ता ल्याउनेहरू २० प्रतिशतमा फुटाउने भनेर लागे ।

ओलीले निर्वाचन आयोगले पनि पार्टी फुटाउनका लागि कोशिस गरेको र माधव नेपाललाई मद्दत गरेको उनको आरोप छ ।

‘निर्वाचन आयोग र अग्नि सापकोटाले माधव नेपाललाई पार्टी फुटाउन मद्दत गरे’, उनले भने, ‘निर्वाचन आयोगलाई कसैले तलसम्म देशभरि कता जान्छौं भनेर लाइन लगाउ भनेको थिएन । आफैं जान्थे । तर निर्वाचन आयोगले ठाउँठाउँमा मान्छेलाई लाइन लगाएर पार्टी तलैसम्म फुटाउने षड्यन्त्रमा निर्वाचन आयोग पनि लाग्यो ।’

एमालेलाई कमजोर पारेर सिध्याउने उद्देश्यका साथ नेकपा विभाजन भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ