2026-07-25 02:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

केएल राहुलले नेपाल र पाकिस्तानविरुद्धको दुई खेल गुमाउने

एजेन्सी | भारतीय क्रिकेट टोलीका पहिलो रोजाइका विकेटकिपर ब्याट्सम्यान केएल राहुलले एसिया कपको पहिलो दुई खेल गुमाउने भएका छन् ।

 मुख्य प्रशिक्षक राहुल द्रविडले पत्रकार सम्मेलनमा यसबारे जानकारी दिँदै राहुलले पाकिस्तान र नेपालविरुद्धको खेल गुमाउने बताएका हुन् ।

तीस हजार दर्शक क्षमताको मैदानमा भोलि बुधवार एसिया कपको पहिलो खेल हुनेछ । नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक विश्व वरीयताको नम्बर वान टोलीसँग खेल्न लागेको हो । प्रतियोगिताका लागि पाकिस्तान पुगेको नेपाली टोली कराँचीमा एक हप्ता प्रशिक्षण र एक अभ्यास खेल खेलेपछि मुल्तान पुगेको हो । पाकिस्तान आईसीसी एकदिवसीय वरीयतामा शीर्ष स्थानमा छ । 

नेपालले भदौ १८ मा भारतसँग श्रीलङ्कामा खेल्नेछ । भारत एकदिवसीय वरीयतामा तेस्रो स्थानमा छ । नेपाल भने वरीयतामा १५औँ स्थानमा छ । भोलिदेखि शुरु हुने एसिया कप यही ३१ गतेसम्म पाकिस्तान र श्रीलङ्कामा हुनेछ ।

राहुलको फिटनेसमा सुधार भए पनि सेप्टेम्बर २ मा हुने पाकिस्तान र सेप्टेम्बर ४ मा हुने नेपालविरुद्धको समूह चरणको खेलका लागि भने उनी उपलब्ध नहुने द्रविडको भनाई छ ।

एसिया कपका लागि टोली घोषणा हुँदा राहुल ‘कन्डिसनल्ली फिट’ मात्र भनिएको थियो । आईपीएल २०२३ मा सहभागी हुँदा उनको खुट्टामा चोट लागेको थियो । यसका लागि उनले शल्यक्रिया नै गर्नुपरेको थियो । राहुलको स्थानमा भारतसँग ईशान किसन र सञ्जु स्यामसन वैकल्पिक खेलाडीका रूपमा रहेका छन् ।

भारत सुरक्षाको कारण देखाएर पाकिस्तान जान नमानेपछि पाकिस्तानमा ४ खेल र अरु खेल श्रीलङ्कामा हुनेछन् । समूह ‘ए’ मा नेपाल, भारत र पाकिस्तान छन् । समूह ‘बी’ मा बङ्लादेश, श्रीलङ्का र अफगानिस्तान छन् । नेपाल र पाकिस्तानबीचको खेल नेपाली समय अनुसार भोलि दिउँसो सवा ३ बजे मुल्तान रङ्गशालामा हुनेछ । यो खेलपछि नेपाली टोली श्रीलङ्का जानेछ ।

नेपाल र भारतबीचको खेल भदौ १८ मा श्रीलङ्काको कान्डीमा हुनेछ । नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार दिउँसो सवा ३ मा नै हुनेछ । नेपालले गएको वैशाखमा घरेलु मैदान कीर्तिपुरमा एसीसी प्रिमियर कपको उपाधि जित्दै पहिलो पटक एसिया कप खेल्न लागेको हो । नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक भारत र पाकिस्तानसँग खेल्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक