2026-07-27 07:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

पाकिस्तानविरुद्धको खेलमा व्यक्तिगत रेकर्ड बनाउदै सन्दीप!

भदौ १३,  काठमाडौँ | नेपालका लेग स्पिनर सन्दीप लामिछानेले पाकिस्तानविरुद्धको खेलमा व्यक्तिगत रेकर्ड बनाउनेछन् । पाकिस्तानसँगको खेल उनको ५०औँ एकदिवसीय खेल हुनेछ । यो सफलता प्राप्त गर्ने उनी तेस्रो नेपाली खेलाडी बन्नेछन् । यसअघि कप्तान रोहित र मध्यक्रमका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले ५० एकदिवसीय खेल खेलेका थिए ।

नेपालका लागि रोहितले सर्वाधिक ५२ एकदिवसीय खेल खेलेका छन् । दीपेन्द्रसिंहले ५० खेल पूरा गरेका छन् । सन् २०१८ को १ अगस्टमा सन्दीपले नेदरल्यान्ड्सविरुद्ध एकदिवसीय डेब्यु गरेका थिए, जुन खेल नेपाली क्रिकेट इतिहासकै पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय खेल थियो । 

सन् २०१८ को १ अगस्टमा नेदरल्यान्ड्सविरुद्ध डेब्यु गरेका सन्दीपले ४९ एकदिवसीय खेलमा एक सय ११ विकेट लिएका छन् भने ब्याटिङतर्फ ३३ इनिङ्समा तीन सय ६७ रन जोडेका छन् 

सन्दीपले अन्तिमपटक ४ जुलाई २०२३ मा आयरल्यान्डसँग ५० ओभरको खेल खेले । एकदिवसीय खेलमा कम खेलमा सय विकेट लिने उनी विश्वकै पहिलो बलर हुन् । उनले एसिसी प्रिमियर कपमा ओमानविरुद्ध ४२औँ खेलमा सय विकेट पूरा गरेका थिए । उनले गत वैशाखमा अफगानिस्तानका रासिद खानले ४४ खेलमा सय विकेट लिएका थिए । सन्दीपले २०२० मा अमेरिकाविरुद्ध र सन् २०२१ मा पपुवा न्युगिनीविरुद्ध समान ६ विकेट लिएका थिए । 

उनले ४९ एकदिवसीय खेलमा एक सय ११ विकेट लिएका छन् । ४८ इनिङ्समा उनले आठपटक चार विकेट लिए । तीनपटक उनको नाममा पाँच विकेटभन्दा बढी विकेट प्रदर्शन गरेका छन् । बलिङसँगै ब्याटिङमा समेत उनको प्रदर्शन निकै राम्रो रहेको छ । ४९ खेलमा उनले ३३ इनिङ्स खेल्दै तीन सय ६७ रन जोडेका छन् । उनको सर्वाधिक ३५ रन हो ।

एकदिवसीय खेलमा उनले ३३ चौका र ६ छक्का प्रहार गरेका छन् । २३ वर्षीय सन्दीपले नेपाललाई एकदिवसीय मान्यता दिलाउन ठूलो भूमिका खेलेका थिए । नेपालका लागि आरिफ शेख र सोमपाल कामीले समान ४७ एकदिवसीय खेल खेलेका छन् । फास्ट बलर करण केसी ४६ र कुशल भुर्तेलले ४४ एकदिवसीय खेले । आसिफ शेखले ४१, ज्ञानेन्द्र मल्लले ३७ र कुशल मल्लले २२ एकदिवसीय खेलमा सहभागिता जनाएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभामुख अर्यालले बोलाए प्रमुख सचेतक र सचेतकको बैठक सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा पोखरामा एक जना अमेरिकी नागरिकको मृत्यु ३३.२८ अंकले घट्यो सेयर बजार झडपमा परी घाइते भएका ९ जनाकै शरीरमा गोली जगेडा ग्यास नराख्न उद्योगीको आग्रह काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम नागढुंगा सुरुङमार्ग उद्घाटन गरिँदै सुन–चाँदीको मूल्य बढ्यो दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर १ युवाको मृत्यु मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ