2026-09-21 06:18 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

भारतविरुद्ध हामी हाम्रो पूर्ण शक्ति लगाउनेछौँ – प्रशिक्षक देसाई

भदौ १८, काठमाडौँ | प्रशिक्षक मोन्टी देसाईले यसअघिको नेपाली क्रिकेटको पुस्ताले आफ्नो टोलीले ठुला टेस्ट खेल्न राष्ट्रसँग खेल्ने सपना देखेको बताउँदै अहिले सपना पुरा भएको बताएका छन् । भारतविरुद्धको खेलअघि नेपाली क्रिकेट टोलीका प्रशिक्षक देसाईले टोलीले आफ्नो पहिचान स्थापित गर्न प्राप्त अवसर गरेकोमा आफ्नो शक्तिको पूर्ण प्रयोग गर्ने बताएका हुन् । 

नेपालले सोमबार एसिया कपअन्तरगत क्यान्डीमा हुने खेलमा भारतको सामना गर्दैछ । समूह ए बाट पाकिस्तान यसअघि अघि नै सुपर फोरमा छनोट भइसकेको छ । नेपाललाई हराएमा वा खेल वर्षले रद्द भएमा भारत स्वतः अर्को चरणमा प्रवेश गर्ने छ ।

‘हामीले लिग २ तथा एसियन छनोटका खेलहरू खेल्यौँ,’ उनले भने, ‘भारतविरुद्ध हामी हाम्रो पूर्ण शक्ति लगाउनेछौँ ।’ रोहित शर्मा र विराट कोहलीजस्ता भारतीय सुपरस्टार भेट्न पाउँदा नेपाली खेलाडीहरू हर्षित भएको बताउँदै मैदानमा भने प्रतिस्पर्धा नै हुने बताए ।

नेपाली अलराउन्डर गुल्सन झाले भारतजस्ता ठुला टोलीबाट नेपालले सिक्ने अवसर पाउने बताएका छन् । ‘भारत ठुलो टोली हो । हरेक विकेट हाम्रोलागि अमूल्य हुनेछ । हामी कडा प्रतिस्पर्धा दिन्छौँ । तर, यो पल भनेको ‘फ्यानब्वाई’ जस्तै हो ।

अर्का अलराउन्डर आरिफ शेखको आँखा विराट कोहलीलाई आउट गर्नेमा रहेछ । ‘हाम्रो लागि सोमबार ठुलो खेल छ ।  हामी फ्यानब्वाई भए पनि मैदानमा हामी कडा चुनौती दिने छौँ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो