२०८२, ४ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

भारतविरूद्ध नेपालको छैटौं विकेट गुम्यो

२०८०, १८ भाद्र सोमबार ११:५५

भदौ १८, काठमाडौँ | एसिया कप २०२३ अन्तर्गत भारतविरूद्ध नेपालले छैटौं विकेट गुमाएको छ। छैटौं विकेटको रुपमा ३५ बलमा ३ चौकाको मद्दतमा २३ रन बनाएर गुल्सन झा आउट भए। त्यतिबेला नेपालले ३१.५ ओभरमा  ६ विकेटको क्षतिमा १४४ रन जोडेको थियो।

नेपालका लागि ओपनिङ ब्याट्सम्यान आसिफ शेखले अर्धशतक प्रहार गरेर आउट भए। उनी ९७ बलमा ८ चौकाको मद्दतमा ५८ रन बनाएर आउट भए।

अर्का ओपनर कुशल भुर्तेल ३८ रन बनाएर आउट भएका थिए। शार्दूल ठाकुरको बलमा दशौं ओभरको पाँचौ बलमा आउट हुनुअघि उनले २५ बलमा ३ चौका र २ छक्का हिर्काए। उनले आसिफ शेखसँग पहिलो विकेटका लागि ९.५ ओभरमा ६५ रनको साझेदारी गरेका थिए। 

भुर्तेलको पहिलो ओ‌भरमा श्रेयस अय्यरले र चौथो ओभरमा इशान किसनले क्याच छाडेका थिए। यस्तै आसिफको क्याच दोस्रो ओभरमा विराट कोहलीले छाडेका थिए।

खेलमा कुशल मल्ल चौथो विकेटको रुपमा २ रनमै आउट भएका थिए। कप्तान रोहित पौडेल रविन्द्र जडेजाको बलमा ५ रनमा बोल्ड भए। भीम सार्की पनि ७ रनमा भारतका रविन्द्र जडेजाको बलमा १६ ओ‌भरमा बोल्ड भए। 

बलिङमा भारतका जडेजाले ३ विकेट लिएका छन् भने मोहमद सिराजले २ विकेट हात पारेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने