भदौ १८, काठमाडौं | एसिया कप क्रिकेट अन्तर्गत नेपालले शानदार ब्याटिङ गर्दै भारतलाई २३१ रनको लक्ष्य दिएको छ। श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४८.२ ओभरमा सबै विकेट गुमाउँदै २३० बनाएको छ ।
भारतविरुद्ध नेपालका ओपनर आसिफ शेखले अर्धशतक बनाए । ओपनर कुशल भुर्तेलसँग पहिलो विकेटका लागि ६५ रनको साझेदारी गरेका आसिफले ८ चौकाको मद्दतमा ५८ रन बनाए ।
अलराउण्डर सोमपाल कामीले महत्वपूर्ण इनिङ खेल्दै दिपेन्द्रसिं ऐरी र सन्दीप लामिछाने साझेदारी गरि दुई छक्का र एक चौकाको मद्दतमा ४८ रन बनाएका छन् ।
त्यस्तै ओपनर कुशल भुर्तेलले २५ बलमा दुई छक्का र तीन चौकाको मद्दतमा २५ बलमै ३८ रन बनाए । दिपेन्द्र सिंह ऐरी २९ र गुल्सन झा २३ रन बनाएर आउट भए । सन्दीप लामिछाने ९, भीम सार्की ७, कप्तान रोहितकुमार पौडेल ५ र कुशल मल्ल दुई रनमै आउट भए ।
भारतीय बलर मोहम्मद सिराज र रविन्द्र जडेजाले ३—३ विकेट लिए । मोहम्मद शामी, शार्दूल ठाकुर र हार्दिक पाण्डेयले एक- एक विकेट लिए |