२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

वानडे क्रिकेट विश्वकपका लागि अष्ट्रेलियाको टोली घोषणा

२०८०, २० भाद्र बुधबार ०६:१५

भदौ २०, काठमाडौँ | पाँच पटकको च्याम्पियन अष्ट्रेलियाले वानडे क्रिकेट विश्वकपका लागि टोली घोषणा गरेको छ । अष्ट्रेलियाले यसअघि घोषणा गरेको १८ सदस्यीय प्रारम्भिक टोलीबाट बुधबार १५ सदस्यीय टोली घोषणा गरेको हो ।

क्रिकेट विश्वकप सुरु हुन अब एक महिना बाँकी छ । विश्वका उत्कृष्ट दश राष्ट्रले प्रतिस्पर्धा गर्ने विश्वकप अक्टोबर ५ देखि नोभेम्बर १९ सम्म भारतमा आयोजना हुनेछ । अष्ट्रेलियाको प्रारम्भिक टोलीमा रहेका अलराउण्डर आरोन हार्डी, फास्ट बलर नाथन इलिस र स्पीनर तनविर सांगा बाहिरिएका छन् । अष्ट्रेलियाले विश्वकपका लागि अनुभवी खेलाडीलाई जोड दिएको छ । टेष्ट स्टार ब्याटर मार्नुस लाबुसचेन भने यसअघि नै १८ जनाको सूचीमा अटाएनन् ।


फास्ट बलर प्याट कमिङ्सको कप्तानीमा रहेको अष्ट्रेलिया टिममा जोस हेजलउड मिचेल स्टार्क जस्ता पेस बलर छन् । यस्तै सिन एबोट चौथो फास्ट बलरको रुपमा रहँदा एस्टन एगर र एडम जाम्पा स्पीनर छन् । डेभिड वार्नर, स्टिभ स्मिथ र ट्रेभिड हेड ब्याटरको रुपमा छन् भने एलेक्स केरी र जोस इंग्लिस दुई विकेट किपर छन् । अष्ट्रेलियन टिममा स्टार अलारउण्डरहरु छन् । मिचेल मार्श, ग्लेन म्याक्सवेल, मार्कुस स्टोइनिस र क्यामरुन ग्रीन जस्ता अलराउण्डर हुँदा अष्ट्रेलियाको टोलीका लागि धेरै विकल्प हुनेछ । साउथ अफ्रिकासँगको पाँच खेलको ओडिआई सिरिजका लागि अष्ट्रेलियाली टिम हाल साउथ अफ्रिकामा छ ।

य्स्तै यसै महिनाको अन्तिममा अष्ट्रेलियाले भारतसँग तीन खेलको ओडिआई सिरिज खेल्नेछ । विश्वकपअघि नेदरल्याण्ड्स र पाकिस्तान सँग वार्म अफ म्याच खेल्ने अष्ट्रेलियाले अक्टोबर ८ मा चेन्नाईमा आयोजक भारतसँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ ।

अष्ट्रेलियन टोली : प्याट कमिङ्स (कप्तान), स्टिभ स्मिथ, एलेक्स केसी, जोस इंग्लिस, सिन अबोट, एस्टन एगर, क्यामरुन ग्रीन, जोस हेजलउड, ट्रेभिस हेड, मिचेल मार्श, ग्लेन म्याक्सवेल, मार्कुस स्टोइनिस, डेभिड वार्नर, एडम जाम्पा, मिचेल स्टार्क

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी