भदौ २०, काठमाडौँ | नेपाल साफ यू-१६ च्याम्पियनसिपको समूह चरणबाटै बाहिरिएको छ।
बुधबार भुटानमा भएको समूह चरणको अन्तिम तथा महत्वपूर्ण खेलमा भारतसँग १-० गोलले पराजित भएसँगै नेपाल समूह चरणबाटै बाहिरिएको हो।
नेपालविरुद्धको जितमा भारतका अर्बासले ३३ मिनेटमा गरेको गोल निर्णायक बन्यो।
नेपाल यसअघि समूहको पहिलो खेलमा बंगलादेशसँग पनि १-० गोलले पराजित भएको थियो।
यो समूहबाट भारत र बंगलादेश अन्तिम चारमा पुगेका छन्। नेपाल भने दुवै खेल हार्दै घर फर्कन बाध्य भयो।