2026-07-26 01:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

टी–२० विश्वकपमा पाँच राष्ट्र छनोट हुन बाँकी, नेपालको सम्भावना कति ?

भदौ २२, काठमाडौँ | सन् २०२४ मा वेस्ट इन्डिज र अमेरिकाले संयुक्त रूपमा आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिता आयोजना गर्दै छन् । पहिलोपटक विश्वकपमा सर्वाधिक २० राष्ट्रले प्रतिस्पर्धा गर्दै छन् । अहिलेसम्म विश्वकपका लागि १५ राष्ट्रले स्थान पक्का गरिसकेका छन् । आयोजकद्वय वेस्ट इन्डिज र अमेरिकाले पहिला नै स्थान पक्का बनाए । आइसिसीले पछिल्लो संस्करणका शीर्ष आठ टोलीलाई सीधै विश्वकपमा स्थान दिइएको थियो । 

अहिलेसम्म अमेरिका, वेस्ट इन्डिज, अस्ट्रेलिया, इंग्ल्याण्ड, भारत, न्यूजिल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका, अफगानिस्तान, बंगलादेश, आयरल्याण्ड, स्कटल्याण्ड, नेदरल्यान्ड्स र पपुवा न्यूगिनीले विश्वकपमा स्थान बनाएका हुन् ।  

अब विश्वकपमा छनोट हुने ५ टोलीको टुंगो लाग्न बाँकी छ । पाँच टोलीको टुंगो क्षेत्रीय छनोटबाट लाग्नेछ । एसिया र  अफ्रिकी छनोटबाट २/२ र अमेरिका छनोटबाट एक टोलीले विश्वकपमा स्थान बनाउनेछन् ।  

एसिया छनोट ३० अक्टोबरदेखि ९ नोभेम्बरसम्म काठमाडौंमा आयोजना हुँदैछ । जसमा आयोजक नेपाल, यूएई, ओमान, हङकङ, सिंगापुर, बहराइन र क्वालिफायर ‘ए’ र ‘बी’ बाट आउने दुई टोली हुनेछन् । ८ टिमलाई दुई समूहमा विभाजन गरिनेछ । 

एसिया छनोट ‘ए’ मा कुवेत, माल्दिभ्स, कतार र साउदी अरेबिया तथा छनोट ‘बी’ मा भुटान, चीन, मलेसिया, म्यानमार र थाइल्याण्ड छन् । दुवै समूहबाट एक/एक टिमले विश्वकप छनोटमा स्थान बनाउनेछन् । 

यस्तै, एसिया छनोटको दुवै समूहको शीर्ष दुई/दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनलमा स्थान बनाउने दुई टिमले अर्को वर्ष वेस्ट इण्डिज र अमेरिकामा आयोजना हुने विश्वकपमा भाग लिन पाउनेछन् । 

नेपालले सन् २०१४ यता विश्वकप खेल्न पाएको छैन । यसपटक भने नेपाल विश्वकप खेल्ने मौका गुमाउन चाहँदैन । घरेलु मैदानमा छनोट प्रतियोगिता हुन लागेकाले पनि नेपाललाई केही सहज देखिन्छ । विश्वकप छनोटको खेल कीर्तिपुरस्थित त्रिवि र मूलपानी मैदानमा हुनेछन् । 

नेपालले पहिलोपटक विश्वकप छनोट प्रतियोगिता आयोजना गर्ने मौका पाएको हो । 

यस्तै, अमेरिकी छनोट २८ सेप्टेम्बरदेखि ८ अक्टोबरसम्म हुँदैछ । अमेरिका छनोटमा आयोजक बर्मुडा, क्यानडा, पानमा र केम्यान आइसल्यान्ड्सले प्रतिस्पर्धा गर्नेछन् ।

यस्तै, अफ्रिका छनोट नामिबियामा हुँदैछ । २० नोभेम्बरदेखि १ डिसेम्बरसम्म हुने अफ्रिका छनोटमा नामिबिया, जिम्बाब्वे, युगान्डा, केन्या, नाइजेरिया, रुवाण्डा, तान्जेनिया रहेका छन् ।

युरोपबाट आयरल्यान्ड र स्कटल्यान्ड छनोट भएका छन् । इस्ट एसिया प्यासेफिकबाट पपुवा न्युगिनीले विश्वकप खेल्ने पक्का भएको छ । अब विभिन्न क्षेत्रीय छनोटबाट अन्य पाँच राष्ट्र मात्र विश्वकपमा छनोट हुन बाँकी छ । अर्को महिनादेखि एसिया क्षेत्रीय छनोट हुँदै छ । यसबाट दुई राष्ट्र छनोट हुनेछन् । यसैगरी, अफ्रिकाबाट दुई र अमेरिका क्षेत्रबाट एक राष्ट्रको छनोट बाँकी छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ