2026-07-27 08:44 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

अन्जनलाई गोलको कीर्तिमान बनाउने अवसर

भदौ २२, काठमाडौँ | विश्वकप २०२६ छनोटमा प्रारम्भिक चरणमा प्रतिस्पर्धा गर्ने तयारीमा यांगुन पुगेको नेपाली राष्ट्रिय फुटबल टिम शुक्रबार साँझ म्यान्मारविरुद्ध मैत्रीपूर्ण खेलको लागि मैदानमा उत्रिँदा अन्जन विष्ट व्यक्तिगत रूपमा अर्को एक खुड्किलो पार गर्ने संघारमा हुने छन् । उनले नेपाली पुरुष टिमको लागि सबभन्दा बढी गोलको कीर्तिमान भेटाउने प्रयास गर्नेछन् ।

गत असारमा बेंग्लोरमा भएको साफ च्याम्पियनसिप २०२३ को अन्तिम खेल (पाकिस्तानविरुद्ध १–० ले जितेको) चोटको कारण गुमाएका अन्जनले पूर्णत: फिट हुँदै दुई मैत्रीपूर्ण खेलका लागि यांगुन पुगेका छन् । सिनियर टिमसाग नौ वर्षको यात्रामा उनले १२ गोल गरेका छन् । उनले अन्तिम गोल साफ २०२३ को पहिलो खेल (कुवेतविरुद्ध ३–१ को हार) मा गरेका थिए, जसले उनलाई हरि खड्का र नीराजन रायमाझीको १३ गोलको कीर्तिमाननजिक पुर्‍याएको थियो । तर, उनले उक्त साफको दोस्रो खेलमा (भारतविरुद्ध २–० को हार) चोटको कारण ४४ औं मिनेटमै मैदान छाड्नुपरेको थियो । त्यसयता उनी पहिलोपल्ट मैदानमा फर्किंदैछन् ।

विंगर वा स्ट्रइकरको भूमिकामा राष्ट्रिय टिमका लागि प्रभावशाली प्रदर्शन गरिरहेका २५ वर्षीय अन्जन केही वर्षयता नेपाली टिमको अग्रपंक्तिका मुख्य हतियारका रूपमा स्थापित छन् । उनले यांगुन उड्नुअघि भनेका थिए, ‘व्यक्तिगत गोलभन्दाभन्दा टिमको सफलता महत्त्वपूर्ण हुन्छ । टिमको लागि उत्कृष्ट प्रदर्शन गर्ने कोसिस गर्नेछु । गोल गर्ने प्रयास गर्नेछु ।’

नेपालले फिफा वरीयतामा १५ स्थानमाथिको टिम म्यान्मारविरुद्ध सन् २०१९ यता पहिलोपल्ट प्रतिस्पर्धा गर्न लागेको हो । चार वर्षअघि मान्डलयमा भएको मैत्रीपूर्ण खेल घरेलु टिम म्यान्मारले ३–० ले जितेको थियो । उक्त खेल अन्जनले पूरा समय खेलेका थिए । त्यसबेला पहिलो रोजाइमा खेलेका ११ खेलाडीमध्ये अन्जन र सेन्टरब्याक अनन्त तामाङ मात्रै अहिलेको टिममा छन् । अर्थात्, इटालियन प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसको आगमन र खेलाडीहरूको अस्ट्रेलिया पलायनले नेपाली टिममा ठूलै परिवर्तन ल्याएको छ ।

सन् २००३ मार्चमा दशरथ रंगशालामा भएको एएफसी कप २००४ छनोटमा नेपालले अफगानिस्तानलाई ४–० ले हराएको थियो, जहाँ हरि र नीराजनले दुई–दुई गोल गरेका थिए । हरिको अन्तर्राष्ट्रिय करिअरको अन्तिम गोल नै त्यही हो । नीराजनले सन् २००८ मा भएको साफ च्याम्पियनसिपमा माले (माल्दिभ्स) मा पाकिस्तानविरुद्ध निकालेको ४–१ को जितमा आफ्नो करिअरको अन्तिम गोल गरेका थिए । त्यसैले १३ गोलको कीर्तिमानलाई १३ वर्षपछि बराबरी गर्ने वा उछिनेर अगाडि बढ्ने अवसर अन्जनले पाएका छन् । अहिलेको टिममा अन्जन नजिक रहेका छन्, नवयुग श्रेष्ठ । नवयुगले १० गोल गरेका छन् ।

गत वर्ष दशरथ रंगशालामा बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेल नेपालले ३–१ ले जित्दा ह्याट्रिक गरेका अन्जनलाई कीर्तिमानका लागि जर्मन प्रशिक्षक माइकल फेइटेनबेनरले सम्हालेको म्यान्मारविरुद्ध गोल गर्न सजिलो भने हुने छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभामुख अर्यालले बोलाए प्रमुख सचेतक र सचेतकको बैठक सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा पोखरामा एक जना अमेरिकी नागरिकको मृत्यु ३३.२८ अंकले घट्यो सेयर बजार झडपमा परी घाइते भएका ९ जनाकै शरीरमा गोली जगेडा ग्यास नराख्न उद्योगीको आग्रह काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम नागढुंगा सुरुङमार्ग उद्घाटन गरिँदै सुन–चाँदीको मूल्य बढ्यो दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर १ युवाको मृत्यु मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ