२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

पाँचथरको फाल्गुनन्दमा खुल्ला नकआउट भलिवल प्रतियोगिता हुने

२४ भाद्र २०८०, आईतवार ०५:१२

कमल घिमिरे । भदौ २४। पाँचथर,पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा न.३ पौवासारताप स्थित सारताप मा.वि.मा खुल्ला नकआउट भलिवल प्रतियोगिता हुने भएको छ ।

फाल्गुनन्द ग्रिन पिस क्लवको आयोजनामा वडा दशैँको अवसर पारी आगामी कार्तिक २ गते देखि ५ गते सम्म भलिवल प्रतियोगिता हुन लागेको हो । शनिबार राँके स्थित होटल चामुमा आयोजित एक कार्यक्रमका वीच उक्त प्रतियोगिता हुने जानकारी गराइएको हो ।

प्रतियोगिताको विजेताले नगद १ लाख ५० हजार रुपैया,द्धितिय हुनेले नगद ७५ हजार रुपँैया ट्रफि,मेडल र प्रमाणपत्र पाउने क्लवका सचिव गोपाल  घिमिरेले जानकारी दिनुभयो । खेलाडीहरुलाई विधागत पुरस्कारको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ  ।

१२ टिम सहभागी हुने उक्त प्रतियोगिताको पहिलो पुरुस्कारको प्रायोजन साहारा एएसी ब्लक राकेँका आधिकारिक विक्रेता जेट्ली हार्डवेयरका प्रोपाईटर जेट्ली सिं ले गर्नुभएको छ । यस्तै प्रतियोगिताको दोस्रो पुरुस्कारको ब्यवस्था फाल्गुनन्द गाउँपालिका लगायत विभिन्न संघ संस्थाले गर्ने आयोजक क्लवका उपाध्यक्ष तथा फाल्गुनन्द गाउँ कार्यपालिका सदस्य टंक परियारले बताउनुभयो ।

खेलुकद प्रतियोगिता सञ्चालन गर्न अनुमानित झण्डै १० लाख खर्च लाग्ने अनुमान गरिएको आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य