२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

भारत र पाकिस्तानबीच १३३ एकदिवसीय खेल : ७३ खेलमा पाकिस्तान र ५५ खेलमा भारत विजयी

२०८०, २४ भाद्र आईतवार ०६:२३

एजेन्सी | एसिया कप क्रिकेट प्रतियोगितामा आइतबार विश्व क्रिकेटका दुई चिरप्रतिद्वन्द्वी राष्ट्र भारत र पाकिस्तानबीच भिडन्त हुँदैछ । श्रीलंकाको राजधानी सहर कोलम्बोस्थित आर. प्रेमादासा रंगशालामा उक्त खेल खेलिने छ ।

खेल नेपाली समयअनुसार, दिउँसो ३ः १५ बजे सुरु हुनेछ । यद्यपि, उक्त खेल वर्षाका कारण प्रभावित हुनसक्ने प्रबल सम्भावना रहेको मौसम विभागले जनाएको छ ।

भारत र पाकिस्तानबीचको खेलका क्रममा वर्षाको सम्भावना ९० प्रतिशतभन्दा बढी रहेको समाचारमा जनाइएको छ ।  त्यसैले पनि यी दुबै राष्ट्रका समर्थक निराश बनेका छन् ।


यसअघि समूहगत चरणमा पनि भारत र पाकिस्तानबीचको खेल वर्षाका कारण रद्द भएको थियो । तर, एसियाली क्रिकेट काउन्सिल (एसीसी) ले आइतबारको खेल वर्षाका कारण रद्द भए उक्त खेल सोमबार खेलाइने बताएको छ । 

खेल सुरु हुने समय नजिकिँदै गर्दा दुबै टोलीका समर्थकहरु आ—आफ्नो टोलीले खेल जित्ने दाबी गर्न ब्यस्त छन् । वास्तबमा यी दुई टोलीबीच यसअघिको खेलिएको खेलको अवस्था कस्तो छ त ? हालसम्म भारत र पाकिस्तानबीच एक सय ३३ वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलिएको छ । 

एक सय ३३ एकदिवसीय खेलमध्ये ७३ खेलमा पाकिस्तानले भारतलाई हराएको छ । ५५ खेलमा भारत विजयी भएको छ ।

यी दुई राष्ट्रबीच खेलिएको पाँच खेल भने अनिर्णित रुपमा सकिएको छ । त्यसमध्ये घरेलु मैदानमा पाकिस्तानले १४ र भारतले ११ खेल जितेका छन् । 

यसैगरी भारतीय भूमिमा पाकिस्तानले १९ खेल जितेको छ भने पाकिस्तानी भूमिमा भारतले ११ खेल जितेको छ । यसका अतिरिक्त ‘न्यूट्रल भूमिमा’ पाकिस्तानले ४० खेल जितेको छ भने भारतले ३३ खेलमा सफलता हात पारेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा