१२ मंसिर २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

वर्षाका कारण आज पनि समयमा सुरु हुन सकेन भारत–पाकिस्तानको खेल

२५ भाद्र २०८०, सोमबार ११:०३

भदौ २५, काठमाडौँ | एसिया कप क्रिकेटअन्तर्गत भारत र पाकिस्तानबीचको सुपर–४ को खेल रिजर्भ डेमा पनि वर्षाले प्रभावित बनाउने खतरा बढेको छ। सुपर–४ अन्तर्गत आइतबार भएको खेल वर्षाका कारण २४.१ ओभरमा भारतले १ सय ४७ रन बनाउँदा रोकिएको थियो। यदि वर्षाका कारण आज पनि खेल सम्भव नभए दुबै टिमले १–१ अङ्क बाँड्नु पर्नेछ।

सोमबार ३ः१५ बाट सुरु हुनु पर्ने खेल वर्षाका कारण सुरु हुन सकेको छैन। कोलम्बोमा सोमबार बिहानैबाट वर्षा रोकिँदै पर्दै गरेपछि मैदान गिलो भएको छ। अहिले वर्षा रोकिए पनि खेल सुरु भएको छैन।

यद्यपि, मौसम विज्ञान विभागले सोमबार पनि शतप्रतिशत वर्षाको सम्भावना रहेको जनाएको छ। योसँगै भारत पाकिस्तानबीचको खेलले पूर्णता नपाउने सम्भावना बढेको छ।

यदि खेल सुरु भएको खण्डमा आइतबार जुन अवस्थामा रोकिएको छ, त्यही अवस्थाबाट सुरु हुनेछ। भारतले २४.१ ओभरमा २ विकेट गुमाएर १ सय ४७ रन बनाएको थियो।

भारतीय इनिङका दौरान आइतबार साँझ ५ः१० बजेदेखि वर्षा सुरु भएको थियो। करीब डेढ घन्टा भएको भीषण वर्षाका कारण मैदानको केही भाग हिलो भएको थियो। ग्राउन्ड स्टाफहरुले ४ घन्टा बढी मैदान सुकाउन प्रयास गरेका थिए। यो बीचमा अम्पायरहरुले पनि धेरै पटक मैदान निरीक्षण गरे पनि खेल्न योग्य नभएपछि खेल स्थगित गरिएको थियो।

वर्षाअघि भारतका ओपनर तथा कप्तान रोहित शर्माले ५६ रनको अर्धशतकीय इनिङ खेलेका थिए भने शुभमन गिलले ५८ रनको अर्धशतकीय इनिङ खेले। यी दुईबीच पहिलो विकेटका लागि १ सय २१ रनको सानदार साझेदारी भएको थियो। दुबै ओपनर आउट भएपछि क्रिजमा आएका विराट कोहली ८ र केएल राहुल १७ रनमा अविजित रहँदा वर्षाले खेल स्थगित भयो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा प्रमुख सचेतक परियार र ओलीबीच भेटवार्ता: के-के भयो कुराकानी? रास्वपाका नेताविरुद्धको अवहेलना मुद्दा : सर्वोच्चले मगायो भाषणको पूर्णपाठ प्रधानमन्त्री ओलीसँग ४० सदस्यीय सरकारी टोली चीन जाने तय नेपाल एयरलाइन्सका पाइलटहरू काममा फर्किए धितोपत्र बोर्ड अध्यक्ष श्रेष्ठले कार्यभार सम्हाल्दै भने, ‘रोकिएको आईपीओ चाँडै निष्काशन गर्छौं’ पाकिस्तानका सोएब मकसुद एनपीएल खेल्न नआउने भएपछि जनकपुर बोल्ट्सलाई धक्का रास्वपाका प्रमुख सचेतक परियार र प्रधानमन्त्री ओलीबीच भेटवार्ता पोखरा एभेन्जर्सका चार विदेशी खेलाडी काठमाडौं आइपुगे एनपीएलका लागि क्यानले भित्र्यायो ६ विदेशी कमेन्टेटर, को-को हुन्? दुर्गा प्रसाईंलाई लगियो सर्वोच्च विद्युत बक्यौता तिर्न बाँकी रहेका उद्योगहरूको लाइन तत्काल नकाटिने प्रधानमन्त्री ओलीको चीन भ्रमण: यस्तो छ भ्रमण तालिका एनपीएल खेल्न नेपाल आइपुगे वाल्टन र बाबर एनपीएल उद्घाटन खेलको सबै टिकट ‘सोल्ड आउट’ एनपीएल २०२४ मात्र डिशहोम गो एप र एक्सन स्पोर्टसको यूट्यूब च्यानलमा आज बुधबार फेरी बढ्यो सुनको भाउ, तोलाको कति? प्रधानमन्त्री ओलीले सबै मन्त्री र सचिवलाई बोलाए च्याम्पियन्स लिगमा ब्रेस्टलाई ३–० ले हराउदै बार्सिलोना विजयी बढ्यो अमेरिकी डलरको भाउ, अरू कुनको मूल्य कति कर्णाली याक्सबाट खेल्न वेष्ट इन्डिजका वाल्टन आइपुगे नेपाल