असोज १७,ओखलढुंगा । ओखलढुंगामा अखडा जमाएर जुवातास खेल्नेहरु धमाधम पक्राउ पर्न थालेका छन् । केहि दिन यता स्थानिय प्रशासनले गैरकानुनी गतिवीधी रोक्न भन्दै जुवातास खेल्ने–खे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १७,ओखलढुंगा । ओखलढुंगामा अखडा जमाएर जुवातास खेल्नेहरु धमाधम पक्राउ पर्न थालेका छन् । केहि दिन यता स्थानिय प्रशासनले गैरकानुनी गतिवीधी रोक्न भन्दै जुवातास खेल्ने–खे"/>
2026-09-18 11:48 PM
ओखलढुङ्गा - OKL

ओखलढुंगामा अखडा जमाएर जुवातास खेल्नेहरु धमाधम पक्राउ पर्दै

असोज १७,ओखलढुंगा । ओखलढुंगामा अखडा जमाएर जुवातास खेल्नेहरु धमाधम पक्राउ पर्न थालेका छन् । केहि दिन यता स्थानिय प्रशासनले गैरकानुनी गतिवीधी रोक्न भन्दै जुवातास खेल्ने–खेलाउनेहरुलाई धमाधम पक्राउ गर्न थालेको हो । सोमबार पनि सदरमुकामका विभिन्न होटल तथा व्यक्तीका घरबाट प्रहरीले केहि व्यक्तीलाई जुवातास खेलिरहेको अवस्थामा पक्राउ गरेको छ । उनिहरु अहिले प्रहरीको नियन्त्रणमा छन् । 

 केहि दिन अघि पक्राउ परेर आगामी दिनमा जुवातास नखेल्ने नखेलाउने भनि प्रहरीसँग बाचा गरेर छुटेकाहरु मध्येकै केहि तिन दिन वित्न नपाउँदै फेरी तास खेलीरहेको अवस्थामा पक्राउ परेका छन् । रामबजार स्थित एक व्यक्तीको घरमा जुवातासको अखडा जमाएर बस्नेहरु पक्राउ परेको स्रोतले जनाएको छ । तर पक्राउ परेकाहरुको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन । 

पक्राउ परेकाहरुलाई कानुनी कारबाहि गरिने प्रहरीको दावी छ । तर जुवाको खालबाट पक्राउ परेकाहरुलाई स्थानिय प्रशासनले कारबाहि नगरी छाड्दा गैरकानुनी गतिवीधी मौलाउँदै गएको भन्दै सरोकारवालहरुले भने चिन्ता व्यक्त गरेका छन् । ‘प्रहरीले पक्राउ गर्छ,लगेर केहिबेर राख्छ कुनै नेताको एक कल फोन पुगेपछि छाडिदिन्छ’ नाम नबताउने सर्तमा एक स्थानियले भने  ‘प्रहरी प्रशासनले सस्तो लोकप्रियताका लागि मात्रै काम गरेको हो भने यो नाटक नगरे हुन्थ्यो,नत्र रंगेहात पक्राउ गरेपछि तिनीहरुलाई कानुन अनुसार कारबाहि हुनुपर्छ ।’पर्व लागेसँगै ओखलढुंगाका दर्जन बढि स्थानमा जुवातास खेल्ने र खेलाउनेक्रम सुरु भईसकेको स्थानियहरु नै बताउँछन् । 

जिल्ला प्रहरी प्रमुख भएर मिलन केसी आएपछि जिल्लामा अबैध घरेलु मदिरा र जुवातास नियन्त्रण कार्यलाई जोड दिनुभएको छ । तर स्थानियहरुले भने प्रहरीले चलाई रहेको अभियानको विरोध जनाईरहेका छन् । ‘प्रहरीले घरेलु मदिरा नियन्त्रण गर्ने भन्दै गरिबले उत्पादन गरेको मदिरा पोखिरहेको छ त्यो व्यवहारीक छैन’होटल व्यवसायि संघका अध्यक्ष थगेन्द्रराज राईले भन्नुभयो ‘कतिपय जात जातीको संस्कारमा घरेलु मदिरा नभै हुँदैन,प्रहरीले केहि गरिबले जिवीका चलाउन उत्पादन गरेको मदिरा पोखेर राज्यको उद्धेश्य पुरा होला त ? निती गत सुधारको आवश्यकता छ त्यसका लागि हामी सहयोग गर्न तयार छौँ तर गरिबले दशैँ खर्च जुटाउन उत्पादन गरेको सय लिटर मदिरा पोख्नु मात्रै राज्यको काम होईन ।’ प्रहरीले साँझ ८ बजे नै होटल बन्द गर्न निर्देशन दिने गरेको भन्दै त्यो पनि व्यवहारीक नभएको उहाँको तर्क छ । ‘प्रहरीहरु ८ बजे होटल बन्द गर्न निर्देशन दिन्छन् तर १० बजे राती सम्म बसहरुले मान्छे ल्याउँछन्’ अध्यक्षराईले भन्नुभयो‘ हामी प्रहरीले भनेझै ८ बजे नै होटल बन्द गर्न तयार छौँ तर त्यसपछि बसका बस आएका यात्रुहरुलाई बिचल्ली पार्ने कि के गर्ने ? त्यसका लागि पनि सोच्नुपर्ने बेला आएको छ ।’ अन्य केहि जनजाती नेताहरुले पनि प्रहरीले मदिरा नष्ट गरेको विषयमा असन्तुष्टि व्यक्त गरेका छन् । 

यसैविच दशैँ लागेसँगै बढ्दो चहल पहललाई मध्ये नजर राख्दै स्थानिय प्रशासनको सकृयता बढाएको प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले बताउनुभयो । उहाँले स्थानिय प्रशासनले कानुन कार्यान्वयनमा जोड दिएको भन्दै सबैले सहयोग गरेर सभ्य समाज निर्माणमा जुट्नु पर्ने बताउनुभयो । कुनै पनि गैरकानुनी गतीविधी गर्नेलाई कानुन अनुसार कारबाहि गरेरै छाड्ने उहाँको दावी छ । ‘गैरकानुनी काम गर्न पाउनु पर्छ भन्नु र कानुनी राज्यमा राज्यका निकायलाई  अटेर गर्नु पनि अपराध हो’ प्रजिअ अधिकारीले भन्नुभयोे ‘राज्यले मात्रै समाज सुधार गर्न सक्दैन,सांकेतीक रुपमा हामीले सुरुवात गरेका छौँ,यसमा विरोध होईन सभ्य नागरिकले समर्थन गर्नुपर्छ,यो अभियान हामी जारी राख्छौँ ।’उहाँले गैरकानुनी काम गर्नेहरुलाई कुनै हालतमा कसैको दवावमा पनि नछाडिएको र नछाड्ने दावी गर्नुभयो ।

जुवाडेलाई कानुनमै थोरै सजाय

जुवा ऐन, २०२० अनुसार जुवा खेल्ने तथा खेलाउनेलाई अधिकतम दुई सय रुपैयाँसम्म जरिवाना हुने प्रावधान छ । कैद सजायको प्रावधान नै छैन । ५३ वर्षअघिको उक्त कानुन अहिलेसम्म समयानुकूल संशोधन नहुँदा जुवा खेलाउने र खेल्ने सजिलै छुट्ने गरेका छन् । जसका कारण अवैध जुवाघरहरू मौलाएका छन् ।

०२० मा शाखा अधिकृत तहको कर्मचारीको तलब दुई सय रुपैयाँको हाराहारी थियो । त्यस वेला दुई सय रुपैयाँ नै जरिवाना ठूलो सजाय थियो । त्यही जुवा ऐन हालसम्म कायम छ ।  दुई सय मात्र जरिवाना हुने भएकाले पक्राउ परे परिन्छ भनेर जुवा खेल्ने र खेलाउने गरिएको छ । कानुन मन्त्रालयले तीन वर्षपहिले नै जुवा ऐन, २०२० खारेज गर्ने गरी जुवा तथा सट्टेबाजी खेल्ने वा खेलाउने कार्य नियन्त्रण गर्न नयाँ ऐन मस्यौदा बनाएको थियो । जसमा एक महिनासम्म कैद सजाय हुने प्रावधान राखिएको थियो । तर, सो विधेयक अघि बढ्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई