2026-07-27 08:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

एसियाकप सुपर-४: श्रीलंका विरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै भारत

भदौ २६, काठमाडौँ | एसियाकप क्रिकेट अन्तर्गत सुपर-४ को आफ्नो दोस्रो खेलमा भारतले श्रीलंका विरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। रोहित शर्माले पाकिस्तान विरुद्धको टिममा एक परिवर्तन गरेका छन्। शार्दुल ठाकुरको स्थानमा अक्षर पटेललाई प्लेइङ-११ मा समेटेका छन्। श्रीलंकाले भने बंगलादेश विरुद्धको खेलको टोलीमा कुनै परिवर्तन गरेको छैन्।

यसअघि सुपर- ४ को पहिलो खेलमा पाकिस्तानलाई २ सय २८ रनको फराकिलो जित निकाल्दै भारतले रवाफिलो सुरुवात गर्न सफल भएको थियो। आइतबार वर्षाले प्रभावित बनाएपछि सोमबार पाकिस्तानसँग प्रतिस्पर्धा गरेको थियो। मंगलबारनै श्रीलंकासँग प्रतिस्पर्धा गरेको हो।

मंगलबार श्रीलंका पहिलो खेलमा बंगलादेशलाई पराजित गरेकाले फाइनल सम्भावना बलियो बनाउन भारतलाई हराउने लक्ष्य सहित मैदान उत्रिंदै छ। सुपर-४ को पहिलो खेलमा बंगलादेशलाई २१ रनले हराएको श्रीलंका बलियो भारतलाई हराउँदै आफ्नो कीर्तिमानी एकदिवसीय अन्तराष्ट्रियमा लगातार जित यात्रा कायम राख्न चाहन्छ।

कोलम्बो स्थित प्रेमदासा स्टेडियममा नेपाली समय अनुसार ३:१५ बजे खेल सुरु हुने छ। यि दुई टिम एसियाकपको एकदिवसीय फर्म्याटमा २० औं पटक एकअर्का विरुद्ध भिड्न लागेका हुन्। पछिल्लो पटक २०१४  मा एसियाकपमा प्रतिस्पर्धा गरेका थिए।

समग्रमा भारत र श्रीलंकाबिच अहिले सम्म १ सय ६५ एकदिवसीय अन्तराष्ट्रिय खेल भएको छ जसमा भारतले ९६ खेलमा जित निकाल्दा श्रीलंकाले ५७ खेल जितेको छ। ११ खेल नतिजाविहीन भएको छ। एसियाकपको एकदिवसीय फर्म्याटमा १९ खेल हुँदा भारतले ९ र श्रीलंकाले १० खेलमा जित निकालेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभामुख अर्यालले बोलाए प्रमुख सचेतक र सचेतकको बैठक सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा पोखरामा एक जना अमेरिकी नागरिकको मृत्यु ३३.२८ अंकले घट्यो सेयर बजार झडपमा परी घाइते भएका ९ जनाकै शरीरमा गोली जगेडा ग्यास नराख्न उद्योगीको आग्रह काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम नागढुंगा सुरुङमार्ग उद्घाटन गरिँदै सुन–चाँदीको मूल्य बढ्यो दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर १ युवाको मृत्यु मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ