2026-07-27 08:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

राेहित शर्माले एकदिवसीय क्रिकेटमा १० हजार रन पूरा गरे

भदौ २६, काठमाडौँ | भारतीय क्रिकेट टिमका कप्तान राेहित शर्माले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा १० हजार रन पूरा गरेका छन् । 

एसिया कप क्रिकेटकाे ‘सुपर फाेर’ मा श्रीलङ्कासँगकाे खेलमा राेहित शर्माले १० हजार रन पूरा गरेका हुन् । श्रीलङ्काका कसुन रजिथाकाे बलमा छक्का प्रहार गर्दै उनले याे उपलब्धि हासिल गरेका हुन् ।

राेहित एकदिवसीय क्रिकेटमा १० हजार रन पूरा गर्ने छैटाैँ भारतीय खेलाडी बनेका छन् । यसअघि सचिन तेन्दुलकर (१८४२६), विराट काेहली (१३०२४), साैरभ गाङ्गुली (११३६३), राहुल द्रभिड (१०८८९) र महेन्द्रसिंह धाेनी (१०७७३) ले एकदिवसीय क्रिकेटमा १० हजार रन पूरा गरेका थिए ।

यस्तै राेहित एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटाे १० हजार रन पूरा गर्ने दाेस्राे खेलाडी भएका छन् । उनले २ सय ४१ पारीमा याे उपलब्धि हासिल गरेका छन् । राेहितभन्दा अघि भारतकै अर्का क्रिकेटर विराट काेहली छन् । उनले २ सय ५ पारीमा १० हजार रन पूरा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभामुख अर्यालले बोलाए प्रमुख सचेतक र सचेतकको बैठक सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा पोखरामा एक जना अमेरिकी नागरिकको मृत्यु ३३.२८ अंकले घट्यो सेयर बजार झडपमा परी घाइते भएका ९ जनाकै शरीरमा गोली जगेडा ग्यास नराख्न उद्योगीको आग्रह काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम नागढुंगा सुरुङमार्ग उद्घाटन गरिँदै सुन–चाँदीको मूल्य बढ्यो दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर १ युवाको मृत्यु मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ