2026-09-21 04:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

एसिया कप: पाकिस्तान र श्रीलंका भीड्दै, विजेताले भारतसँग खेल्ने

भदौ २८, काठमाडौँ | एसिया कप क्रिकेट प्रतियोगिताको बिहीबार श्रीलंका र पाकिस्तानबीच महत्वपूर्ण खेल हुँदै छ। कोलम्बोमा हुने खेल दुवै टोलीको नजरमा सेमिफाइनलसरह नै हो। यस खेलको विजेताले सीधै फाइनलमा भारतको सामना गर्ने छ। यसै कारण श्रीलंका र पाकिस्तान गर या मरको अवस्थामा प्रतिस्पर्धा गर्दै छन्। सुपर फोरमा दुवै टोलीले दुई खेलबाट समान दुई अंक जोडेका छन् । रनरेटमा श्रीलंका राम्रो छ । 

वर्षाका कारण खेल रोकिँदा श्रीलंका अन्तिम दुईमा पुग्नेछ । पाकिस्तान प्रतियोगिताबाट बाहिरिनेछ । भारतसँग दुई सय २८ रनको फराकिलो अन्तरले पराजित भएपछि पाकिस्तानको रनरेट कमजोर बनेको हो । भारतले मंगलबार श्रीलंकालाई ४१ रनले हराउँदै फाइनल स्थान पक्का गरेको थियो । पाकिस्तानले बंगलादेशलाई सात विकेटले हराउँदै दुई अंक बटुलेको थियो । श्रीलंकाले बंगलादेशलाई २१ रनले निराश पारेको थियो । 

प्रतियोगितामा श्रीलंकाले सर्वाधिक ११ पटक फाइनल स्थान पक्का गरेको छ । भारत नौ र पाकिस्तान पाँचपटक फाइनलमा पुगेका छन् । भारतबाहेक अन्य खेलमा उत्कृष्ट प्रदर्शन गरेको पाकिस्तान पछिल्ला आठ खेलमा श्रीलंकामाथि हावी छ । पाकिस्तान श्रीलंकामाथि मानसिक दबाब राख्ने प्रयासमा हुनेछ । पाकिस्तानले भारतसँगको खेलमा दुई महत्वपूर्ण खेलाडी चोटका कारण गुमाएको थियो । 

मोहमद ह्यारिसले सम्भवतः प्रतियोगिता गुमाएका छन् । बलर नसिम साह चोटकै कारण प्रतियोगिताबाट बाहिरिएका छन् । श्रीलंकाविरुद्धको खेलमा पाकिस्तानलाई यी दुवै खेलाडीको अभाव खड्किने पक्का छ । पाकिस्तानको स्ट्राइक बलर साहिन साह अफ्रिदी फर्ममा रहँदा श्रीलंकाली ओपनर सचेत भएर खेल्नुपर्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो