2026-07-25 08:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

फिफा बेष्ट अवार्डको मनोनयन सार्वजनिक, रोनाल्डो परेनन्

भदौ २९, काठमाडौँ | फिफाले प्रदान गर्ने फिफा बेस्ट अवार्डका लागि विभिन्न विधामा मनोनयन सार्वजनिक भएको छ । फिफाले गएराति सार्वजनिक गरेको मनोनयन अनुसार ट्रेबल विजेता म्यानचेष्टर सिटीबाट ६ खेलाडी समावेश छन् भने विश्व विजेता अर्जेन्टिनी कप्तान लिओनल मेसी पनि अवार्डको दाबेदारको रुपमा छन् । क्रिस्टियानो रोनाल्डो भने मनोनयनमा छैनन् ।

पुरुषतर्फ १२ खेलाडीको मनोनयन सार्वजनिक भएको छ । जसमा मेसीसहित पिएसजीका केलिएन एमबाप्पे र सिटीका एर्लिङ हालान्ड मुख्य दाबेदार छन् ।

यसबाहेक सिटीका युलियन अल्भारेज, राेड्री, बर्नार्डाे शिल्भा, केभिन डे ब्रुएना छन् । गत सिजन सिटीमा ट्रेबल जितेर यस सिजन बार्सिलोना पुगेका ईल्के गुन्डोगान पनि मनोनयनमा छन् ।

यस्तै आर्सनलका डेक्लान राई, नापाेलीका भिक्टोर ओसिमहेन र केभिचा केभारात्खेलिया तथा अल नासेरका मार्सेलो ब्रोजोभिच छन् ।

महिलातर्फ विश्वकप विजेता स्पेनका कप्तान आईतना बाेनमाटीसहित १६ खेलाडी मनोनयनमा छन् ।

पुरुष प्रशिक्षकतर्फ सिटीकै पेप ग्वार्डिओला, ईन्टर मिलानका सिमाेन ईन्जाघी, टोटनहमका एन्ज पोस्टेग्लु, ईटलीका लुसियानो स्पालेट्टी र बार्सिलोनाका जाभी छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक