४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

एसिया कप फाइनल : भारतविरुद्ध श्रीलंकाले पहिले ब्याटिङ गर्ने, यस्तो छ दुवैको प्लेइङ-११

३१ भाद्र २०८०, आईतवार ०९:२०

भदौ ३१, काठमाडौँ | १६ औँ संस्करणको एसिया कप एकदिवसीय क्रिकेटको फाइलन खेलमा भारतविरुद्ध श्रीलंकले टस जितेर ब्याटिङ रोजेको छ । भारत–श्रीलंकाबीचको खेल ३ः१५ देखि कोलम्बोस्थित आर प्रेमदासा स्टेडियममा सुरु हुनेछ । 

श्रीलंका लगातार दोस्रोपटक उपाधि जित्ने दाउमा छ । उसले गत संस्करणमा पाकिस्तानलाई हराउँदै उपाधि जितेको थियो ।  

भारत आयोजक श्रीलंकालाई स्तब्ध पार्दै आठौँपटक एसिया कप उपाधि जित्ने रणनीतिमा छ । भारतले जारी प्रतियोगिताको सुपर फोरको शीर्ष स्थानमा रहँदै फाइनलको यात्रा गरेको थियो । उसले सुपर फोरको तीनमध्ये दुईमा जित र एक खेलमा हारको सामना गर्‍यो ।  

भारतले पाकिस्तान र श्रीलंकालाई हराउँदै बंगलादेशसँग भने हार बेहोर्न पुग्यो । श्रीलंकाले पाकिस्तानविरुद्ध २ विकेटको रोमाञ्चक जित निकाल्दै फाइनलको टिकट सुरक्षित गरेको थियो ।  

ऊ आज भारतविरुद्ध सुपर फोरमा बेहोरेको हारको बदला लिँदै एसिया कप च्याम्पियन बन्न चाहन्छ । हालसम्म श्रीलंकाले ६ पटक उपाधि जितेको छ । ऊ आज विजेता बन्दै सर्वाधिक उपाधि जित्ने भारतको कीर्तिमान बराबर पनि गर्ने सोचमा छ । 


हेड टु हेड 

एसिया कपमा भारत र श्रीलंकाबीचको हेड टु हेड नतिजा हेर्दा दुवै बराबरीको अवस्थामा छन् । अहिलेसम्म यी दुई टिमले एसिया कपमा २२ खेलमा एकअर्काको सामना गरेका छन् । जसमा भारत–श्रीलंकाले ११/११ खेल जितेका छन् ।  

समग्र ओडिआई हेड टु हेडको कुरा गर्दा भने भारत अगाडि देखिन्छ । हालसम्म यी दुई टिमले १६६ ओडिआई खेलमा एकअर्काको प्रतिस्पर्धा गरेका छन् । जसमा भारतले ९७ र श्रीलंकाले ५७ खेल जितेको छ । 

११ खेल नतिजाविहीन हुँदा यी दुई टिमबीचको एक खेल भने टाइ भएको छ । 

भारतको प्लेइङ–११ : रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, केएल राहुल (विकेटकिपर), इशान किशन, हार्दिक पाण्ड्या, रवीन्द्र जडेजा, वाशिङ्टन सुन्दर, जसप्रित बुमराह,  मोहम्मद सिराज र कुलदीप यादव । 

श्रीलंकाको प्लेइङ–११ : कुसल परेरा, पाथुम निसान्का, कुसल मेन्डिस (विकेटकिपर), सदीरा समरविक्रमा, चरिथ असालान्का, धनन्जया डी सिल्भा, दासुन शानाका (कप्तान), दुनिथ वेलालागे, कसुन रजिथा, दुशन हेमन्थ र माथीशा पाथिराना । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ